हिबिस्कस क्विज मेनियाको फाइनल चरणमा उत्कृष्ट ६ बिद्यालय प्रवेश

  • पुस १२, २०८१
  • १,६७६ पटक पढिएको
  • छाल खबर
alt

छालख खवर
धरान,१२ पुष ःहिबिस्कस इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको सुनसरी जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता (हिबिस्कस क्विज मेनिया, सिजन–३ मा ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेकाछन् ।

स्कुलको प्राङ्गणमा भएको पहिलो चरणबाट ६ वटा बिद्यालयहरु फाईनलमा प्रबेश गरेका हुन ।

फाईनलमा प्रबेश गर्ने बिद्यालयहरुमा आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ, बिष्णु मेमोरियल मा.बि., बराहक्षेत्र तित्रीगाछि स्थित महेन्द्र मा.बि, धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमी, रामधुनिको आरम्भ बिद्या मन्दिर र धरान मेघा–हिमालयन स्कुल रहेका छन।

क्वालिफाईङ राउन्डमा ५० वटा वहुबैकल्पिक प्रश्नहरु सोधिएका थिए।

बिद्यार्थीहरुलाई अहिले देखि नै लोकसेवा आयोगको तयारी गर्न सहयोग पुगोस र अध्ययन गर्ने बानीको बिकास होस भन्ने उद्येश्यले क्विज मेनिया कार्यक्रम गरिएको स्कुलका सल्लाहकार पवन झाले बताए।

प्रतियोगितामा सुनसरी जिल्ला भरिबाट ३६ वटा बिद्यालयले सहभागीता जनाएको कार्यक्रम संयोजक शिक्षक सुबास मोक्तानले जानकारी दिएका थिए ।

प्रतियोगिताको फाईनल सनिबार हुने स्कुलका म्यानेजिङ डाईरेक्टर गङ्गाराम राईले जानकारी दिए। फाईनलमा जेनेरल राउन्ड, बजर, अडियो भिजुअल र ¥यापिड फायर गरी चार राउन्ड हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुने बिद्यालयले १५ हजार रुपैया नगद, रनिङ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।दोश्रो र तेश्रो हुनेले क्रमश १० हजार र ८ हजार नगद, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।

यसैगरी चौथो, पाचौ र छैटौं हुनेले क्रमश ६ हजार, ४ हजार र २ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ।
कार्यक्रम संचालन शिक्षक नयन राईले गरेका थिए ।

विद्यार्थीैहरुको वौद्धिकतालाई प्रष्फुटन गर्न र लोकसेवा आयोगमा सफल नतिजा ल्याउनमा सहयोग पुगोस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्दै आएको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

उनले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिदै जाने वताए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic