हिबिस्कस वोडिङ स्कुलको वार्षिक उत्सवमा पत्रकार प्रधान सम्मानित

  • पुस १४, २०८१
  • ३,१२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ पुष ः हिबिस्कस इङ्लिश बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गरेको छ ।

स्कुलले आइतवार एक कार्यक्रमको आयोजना युवा संचारकर्मी रस्मी प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गरको थिए ।

HIBISCUS NEWS PHOTO 5

प्रधान धरानलाई कार्यक्षेत्र वनाई विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीरहेकी छिन् ।

स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले शिक्षा क्षेत्रमा ठूलो .योगदान पु¥याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको वताए ।

उनले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि वढाएको उल्लेख गरेका थिए ।

सोही प्रसंशमा कुरा गर्दै वस्नेतले पछिल्लो समय मोवाइलले धेरै कुरा समस्या समाधान गर्दै अएपनि कतिपय अवस्थामा सामाजिक संचाललाई युवा पुस्ताले गलत प्रयोग गरेको कारण समस्या आउने गरेकोले त्यसमा ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रममा धरान१५ का वडा अध्यक्ष नरेश इवारम, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश रानामगर, लगायतले बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, नाटक र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक नयन राईले गरेका थिए ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic