धरान प्लस टु अरेटरी च्यालेन्जमा १७ छनौट

  • माघ १, २०८१
  • ५१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघः विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित धरान प्लस टु अरेटरी च्यालेन्जूको पहिलो अडिसनमा १७ जना छनौट भएकाछन् ।

धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा मंगलवार भएको सो छनौट प्रतियोगितामा उनीहरु छनौट भएका हुन् ।

¥याडिकल लाईट नेपाल प्रा.लि.धरानको सभाहलमा भएको प्रतियोगिताबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन।

RADICFLA NEWS = 2 FINAL

सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.वि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.वि. सृष्टि लुईटेल रहेका छन।

यसैगरी धरान आदर्श बोर्डिङ मा.वि.का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.वि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई,डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन।

अन्य सेमिफाइनलमा प्रबेश गर्नेहरुमा धरान(मेघा हिमालयनका क्याथ्रीन योन्जन,किरातेश्वर मा.वि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा.वि का स्मृति लिम्बु रहेका छन।

सहभागिहरुले ूबढ्दो भ्रष्टाचारले देश बिकासमा पार्ने असर  शिर्षकमा बोलेका थिए।

बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टंक भट्टराई थिए।

धरान उप–महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका बिभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो।

कार्यक्रममा सहिद स्मृति मा.वि.का प्रधानाध्यापक राम बहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठको उपस्तिथि थियो।कार्यक्रमको संंचालन आहाना प्रधानले गरेकी थिइन ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic