मारवाडी सेवा धरानको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • माघ ५, २०८१
  • ४३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर, 

धरान ५ मा : मारवाडी सेवा समिति धरानले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य शिविरमा ९सय ४१ जनाले स्वास्थय परिक्षण गराएका छन । भने सो दिन भएको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत समेत संकलन भएको छ ।

धरान १२ स्थित पब्लिक स्कुलमा परिसरमा शनिबार भएको शिविरमा मधुमेश तथा मुटु रोग सम्बन्धी समस्या भएका २ सय ३५ जना, हाडजोर्नी तथा नशा रोगबाट ग्रसित भएका ६५ जना , प्रस्तुती तथा स्त्री रोग सम्बन्धी समस्या भएका ५५ जना , दन्त समस्या भएका १ सय १६ जना ,आँखा समबन्धी २ सय २२ जना, ईसीजी तथा ईको समस्या भएका १ सय ३४ जना , पि एफ टी समस्या भएका १ सय १४ जना सेवाग्राहीले निशुल्क स्वास्थ्य परिक्षण गराएको कार्यक्रम मुल संयोजक राम स्वरुप शर्माले जानकारी दिए ।

स्वास्थ्य शिविरमा विपी प्रतिष्ठानका प्रोफेसर डाक्टर संजिव शर्मा, प्राडा बिक्रम प्रसाद श्रेष्ठ, डाक्टर खुश्वु अग्रवाल , डाक्टर नदन श्रेष्ठ, डाक्टर ईच्छा जोशीले स्वास्थ्य परामर्श दिएका थिए ।

मारवाडी सेवा समाजले कमाएको केशी अंश सामाजीक सेवाम गर्ने अभिप्राय ले समय समयमा सामाजीक कार्य गर्दे आएको शर्माको भनाई छ ।

उनले समितिले आर्थिक रूपमा विपन्न परिवार तथा सडक बालबालिकाहरूलाई लक्षित गर्दै खाना वितरण ,बोलबममा निःशुल्क भोजन, धरानमा कोराना संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण जस्ता विविध सामाजीक सेवा प्रदन गर्दे आएको बताए ।

कार्यक्रमको प्रमुख अतिथी धरान उपमाहनगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले गरेका थिए भने अध्यक्षता समितीका अध्यक्ष पित्तरुमल अग्रवालले गरेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic