बुढासुब्बा गोल्डकप थप व्यवस्थित गरीने

  • माघ ९, २०८१
  • ८१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ माघः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ ।

यस पटकको २५ औं वुढासुव्वा गोल्डकपलाई थप व्यवस्थित गर्नको लागि सुरक्षा व्यवस्था कडाई गर्न लागिएको हो ।

वुधवार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ ।

गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुर, प्रहरी निरिक्षक जीवनकुमार गौतम, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानोचन्द्र लिम्बू, १६ नं. वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, ८ नं. वडाका वडाध्यक्ष धनबहादुर राई लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गेट इन्ट्रिलाई व्यवस्थित गर्नका लागी पहिलाको भन्दा बेग्लै तरिकाले व्यवस्थापन गरेको जानकारी दिए ।

गोल्डकप अवलोकन गर्न आउने पाहुनालाई भिभिआइपी कार्ड दिदा त्यसको दुरुपयोग हुने गरेकोले व्यस्थित गर्नका लागी ए प्लस कार्डको व्यवस्था गरिएको र गेट इन्ट्रिका लागी समेत छुट्टै गेटको व्यवस्था गरिएको वताए ।

अध्यक्ष तामाङका अनुसार टिकट काट्ने दर्शकका लागी रंगशालाको पूर्व उत्तरमा रहेको सानो गेट र मुख्य प्रवेशद्वारको दक्षिण तर्फको सानो गेट प्रयोग गरिनेछ ।

खेल चलिरहेको समयमा सुरक्षा व्यवस्थालाई चुस्त पारिने क्लबका अध्यक्ष तामाङको भनाई रहेको छ ।
यस पटक क्लबका तर्फबाट ५० जना सुरक्षा स्वयंसेवक, नीजि सुरक्षा गार्डहरुको समेत व्यवस्था गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुरले मदिरा निषेध गर्न सुझाएका छन् ।

मैदान भित्र रहने स्टलमा मदिराजन्य पदार्थ विक्री नगर्न, मदिरा खाएर लठ्ठ भएकाहरुलाई प्रवेश निषेध गर्न र झोला समेत चेकजाँच गर्न सुझाव दिएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले पार्किङलाई व्यवस्थित गर्नकालागी सडकको बिकल्प खोजेर व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic