माघको तेस्रो साता युजिए कप

  • माघ १३, २०८१
  • ४,५७१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१० माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्रतियोगितामा धरानमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागीता जनाउने छन् ।

स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमस २५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र,दोस्रो हुनेले २० हजार ट्रफि मेडल र प्रमाण–पत्र र १५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र प्रदान गरीने छ ।

प्रतियोगितामा छात्रतर्फ वेष्ट सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट व्लकर,वेष्ट प्लेयर पुरस्कारको व्यवस्था गरीएको छ ।

त्यसैगरी छात्रातर्फ वेष्टि सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट प्लेयरको पुरस्कार राखिएको स्कुलले जनाएको छ ।

सवै विधामा पुरस्कृत भएका खेलाडीहरुलाई प्रति खेलाडी १हजार २ सय रुपैया नगद पुरस्कार, प्रमाण–पत्र र ट्रफि पुरस्कार प्रदान गरीने स्कुलका प्रिन्सिपल शेर्पाले जानकारी दिएकाछन् ।

खेलाडीहरुलाई थप हौसाल प्रदान गर्नको लागि विभिन्न विधामा पुरस्कारको व्यवस्था गरीएको शेर्पाको भनाई रहेको छ ।

विद्यार्थीहरुको पढाईका अतिरिक्त शारीरिक तन्दुरुस्ती र विकासको लागि खेदकुद प्रतियोगिताको आयोजना गरीएको स्कुलका प्रिन्सिपल पेम्वा शेर्पाले जानकारी दिएकाछन् ।

विद्यार्थीहरुलाई पढाईमा मात्र खेलकुदमा समेत अगाडी वनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीदै आएको प्रिन्सिपल शेर्पाले वताए ।

स्कुलले भलिवल खेललाई आफ्नो स्कुलको व्राण्डको रुपमा कायम गरेको छ । स्कुलले हरेक वर्ष अन्तर विद्यालयस्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रिन्सिपल शेर्पाको भनाई रहेको छ ।

 

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic