अरेटरी च्यालेन्जको उत्कृष्ट १० जना फाइनलमा प्रवेश

  • माघ १९, २०८१
  • २,१७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ माघः ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना प्रवेश गरेका छन् ।

धरान प्लस टु अरेटरी च्यालेन्ज–२०८१ को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका हुन् ।

धरान–८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका थिए ।

फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली रहेका छन।

यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डिङकी देबका कार्की, पब्लिक मा.बि.फुस्रेका बाल कुमार राई फाइनलमा प्रबेश गरेका छन।

त्यसैगरी धरान–मेघा हिमालयनका क्याथ्रीन योन्जन, एम्स एकेडेमीका अदिति झा र धरान मा.बि.का स्मृति लिम्बु रहेका छन।

सहभागिहरुलाई युवा र देशको भबिष्य, सहिद र लोकतन्त्र र सामाजिक संजालले युवामा पार्ने प्रभाव गरी तीन वटा शिर्षकहरु दिइएको थियो।जसमध्ये सहभागीले कुनै एउटा शिर्षकमा बोल्नुपर्ने थियो।

बिद्यार्थीहरुको आत्मबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टंक भट्टराई रहेका थिए ।

सोनि यादबले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको संचालन आहाना प्रधानले गरेकी थिइन ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic