अरेटरी च्यालेन्जको उत्कृष्ट १० जना फाइनलमा प्रवेश

  • माघ १९, २०८१
  • २,१३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ माघः ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना प्रवेश गरेका छन् ।

धरान प्लस टु अरेटरी च्यालेन्ज–२०८१ को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका हुन् ।

धरान–८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका थिए ।

फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली रहेका छन।

यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डिङकी देबका कार्की, पब्लिक मा.बि.फुस्रेका बाल कुमार राई फाइनलमा प्रबेश गरेका छन।

त्यसैगरी धरान–मेघा हिमालयनका क्याथ्रीन योन्जन, एम्स एकेडेमीका अदिति झा र धरान मा.बि.का स्मृति लिम्बु रहेका छन।

सहभागिहरुलाई युवा र देशको भबिष्य, सहिद र लोकतन्त्र र सामाजिक संजालले युवामा पार्ने प्रभाव गरी तीन वटा शिर्षकहरु दिइएको थियो।जसमध्ये सहभागीले कुनै एउटा शिर्षकमा बोल्नुपर्ने थियो।

बिद्यार्थीहरुको आत्मबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टंक भट्टराई रहेका थिए ।

सोनि यादबले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको संचालन आहाना प्रधानले गरेकी थिइन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic