प्रेस चौतारी सुनसरीमा सर्वसम्मत नेतृत्व चयन

  • माघ १९, २०८१
  • २,१०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७माघः प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।

इटहरीमा विहीबार सम्पन्न अधिवेशनले विकास राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरेको थियो ।

press-chautari-=2 नयाँ कार्य समितीको उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरेको छ ।

त्यसैसगरी सचिव,सहसचिवद्धय र कोषाध्यक्षमा क्रमस सुदिप पोख्रेल,सहसचिव,लक्षमण कट्वाल,सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरु जीवन विष्ट,सचिन राई, मित्र क्षेत्री,निर्मला पौडेल ,विकी श्रेष्ठ,मौसमी कार्की ,सनम तामाङ,राजन घिमिरे,आदेश गौतम,रूद्रराज शर्मा जमकटेल र रूपक पराजुली छन् ।

अधिवेशनले सात जना केन्द्रीय प्रतिनिध परिषद् र सात जना प्रदेश परिषद् सदस्य पनि सर्वसम्मत चयन गरेको छ ।

केन्द्रीय प्रतिनिधिहरुमा शुभद्रा प्याकुरेल,शशी कोइराला,भोजराज श्रेष्ठ, कृष्ण बहाव,हिमाल दाहाल,प्रेम बास्तोला,केशव भट्टराई चयन भएकाछन् भने प्रदेश प्रतिनिधिहरु भोला श्रेष्ठ, रेवती निरौला,शैलेन्द्र चौधरी,शिशिर भट्टराई,बावुराम खड्का र रूमा रिजाल र यशोदा सेनेलाई सर्वसम्मत गरिएको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरुलाई विगतमा नेतृत्व गरेर महत्वपूर्ण योगदान दिएको भन्दैं पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

press-chautari=3 संस्थापक पूर्व अध्यक्ष राजकुमार कार्की, कृष्णविनोद लम्साल, किशोरकुमार कार्की, गोपाल देवान, भीमज्वाला राई, लिलाराज भट्टराई, देवेन्द्र कार्की लगायतलाई सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, संगठनका अध्यक्ष गणेश बस्नेतले सम्मान गरेका हुन ।

पत्रकारिता सम्मान

प्रेस चौतारी सुनसरीले स्थापना गरेको स्व अमर बहादुर कार्की स्मृति पत्रकारिता सम्मानबाट कोशी प्रदेशका अग्रज पत्रकार क्रिम लुइटेललाई सम्मान गरिएको छ । स्व। अमरबहादुर कार्कीका छोराहरुले स्थापन गरेको अमर फाउडेशन नेपालको तर्फबाट सम्मान गरिएको हो ।

यसैगरि निर्माण भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट भोजराज श्रेष्ठ, कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट बसन्त बान्तवा र प्रेस चौतारी उदयमान पत्रकारिता पुरस्कारबाट सृर्जना ठाकुर पुरस्कृत हुनु भएको छ ।

कार्यक्रममा नेकपा एमाले जनसङ्गठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता सम्पन्न भएको हो ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic