युजिए कपमा छात्रातर्फ १६ र छात्रतर्फ १७ टिम सहभागी हुने

  • माघ १९, २०८१
  • ७३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघः माघको तेस्रो आयोजना हुने ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगितामा ३३ टिमले सहभागीता जनाउने भएकाछन् ।

आयोजकले दिएको जानकारी अनुसार छात्रातर्फ १६ टिमले सहभागीता जनाउने छन् भने छात्रतर्फ १७ टिमले सहभागिता जनाउनेछन् ।

युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले को आयोजनामा ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताआयोजना हुनेछ ।

स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्रतियोगितामा धरानमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागीता जनाउने छन् ।


स्कुलले दिएको जानकारी अनुसार माघ २१ गते १ वजे खेल तालिका सार्वजनिक भएपछि मात्र कुन कुन स्कुलवीच प्रतिष्पर्धा हुने भन्ने कुरा तय हुने छ ।

स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमस २५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र,दोस्रो हुनेले २० हजार ट्रफि मेडल र प्रमाण–पत्र र १५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र प्रदान गरीने छ ।

प्रतियोगितामा छात्रतर्फ वेष्ट सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट व्लकर,वेष्ट प्लेयर पुरस्कारको व्यवस्था गरीएको छ ।

त्यसैगरी छात्रातर्फ वेष्टि सर्भिस,वेष्ट डिफेन्स,वेष्ट सटर,वेष्ट स्पिकर,वेष्ट प्लेयरको पुरस्कार राखिएको स्कुलले जनाएको छ ।

सवै विधामा पुरस्कृत भएका खेलाडीहरुलाई प्रति खेलाडी १ हजार २ सय रुपैया नगद पुरस्कार, प्रमाण–पत्र र ट्रफि पुरस्कार प्रदान गरीने स्कुलका प्रिन्सिपल शेर्पाले जानकारी दिएकाछन् ।

गतवर्षको विजेता छात्रतर्फको विश्व आर्दश इङ्लिस वोृडिङ स्कुल इटहरी प्रथम र बालविकास इङ्लिस स्कुल दोस्रो वनेका थिए भने छात्रातर्फ युनाईटेड एकेडेमी धरान ए प्रथम र धरान आर्दश स्कुल दोस्रो वनेको थियो ।

खेलाडीहरुलाई थप हौसाल प्रदान गर्नको लागि विभिन्न विधामा पुरस्कारको व्यवस्था गरीएको शेर्पाको भनाई रहेको छ ।

विद्यार्थीहरुको पढाईका अतिरिक्त शारीरिक तन्दुरुस्ती र विकासको लागि खेदकुद प्रतियोगिताको आयोजना गरीएको स्कुलका प्रिन्सिपल पेम्वा शेर्पाले जानकारी दिएकाछन् ।

विद्यार्थीहरुलाई पढाईमा मात्र खेलकुदमा समेत अगाडी वनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीदै आएको प्रिन्सिपल शेर्पाले वताए ।
स्कुलले भलिवल खेललाई आफ्नो स्कुलको व्राण्डको रुपमा कायम गरेको छ । स्कुलले हरेक वर्ष अन्तर विद्यालयस्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रिन्सिपल शेर्पाको भनाई रहेको छ ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic