प्रेस चौतारीको स्थापना दिवसमाफुटसल प्रतियोगिता

  • माघ २२, २०८१
  • २०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघः प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवशका अवसरमा धरानमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

फुटसल उद्घाटन अघि पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरेका थिए ।

धरान–१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उद्योग तथा ब्यवसायी महासंघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा चौतारीलाई ७ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै महासघ बिजेता भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेपछि फुटसल भएको हो ।

एकआपसमा भाईचारा कायम गर्न मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चाम्लिङले बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह इन्र्चाज देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह–सयोजक भिम ज्वाला राई लगायतको उपस्थिती रहेको थियो ।

स्थापना दिवसकै अवसरमा साँझ ५ वजे भानुचौकमा दीप प्रज्वलन गरिसमेत गरीएको थियो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic