सहमति पछि मुक्कुमलुङ आन्दोलनरत धरानका ६ नेता रिहा

  • माघ २३, २०८१
  • ४,११६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघः सरकार र मुक्कुमलुङमा केबलकार निर्माणको विरुद्ध आन्दोलनरत पक्षवीचमा सहमति पश्चात आन्दोलनरत धरानका ६ जना नेता मध्यरातमा रिहा भएकाछन् ।

सरकार पक्षसँग भएको सम्झौतासँगै धरानमा पक्राउ परेका ६ नेता कार्यकर्तालाई ईलाका प्रहरी कार्यालयले रिहा गरेको हो ।

रिहा हुनेहरुमा जनता समाजवादी पार्टी नेपाल धरान नगर उपाध्यक्ष सुमन चेम्जोङ सहित ६ जनालाई मङ्गलवार राति ११ बजे रिहा गरेपछि भानु चोकमा अबिर जात्रा गरिएको छ ।

सहमतिपछि धरानका मुक्कुमलुङ आन्दोलनकारीहरू १५८ जनाले दिएको सामूहिक गिरफ्तारी समेत फिर्ता लिएका छन् ।

केबलकार निर्माणको काम स्थगन गर्नुपर्ने मागसहित गरिएको यातायात बन्दसहितका विभिन्न आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

गृह मन्त्रालयबाट गठित वार्ता टोली र नो केबलकार समूहका प्रतिनिधिहरूबिच मङ्गलवार भएको वार्ताका क्रममा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने, सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।

यसै गरी २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विना सर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चित कालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते वार्तामा बस्ने सहमति भएको हो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic