सहमति पछि मुक्कुमलुङ आन्दोलनरत धरानका ६ नेता रिहा

  • माघ २३, २०८१
  • ४,१७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघः सरकार र मुक्कुमलुङमा केबलकार निर्माणको विरुद्ध आन्दोलनरत पक्षवीचमा सहमति पश्चात आन्दोलनरत धरानका ६ जना नेता मध्यरातमा रिहा भएकाछन् ।

सरकार पक्षसँग भएको सम्झौतासँगै धरानमा पक्राउ परेका ६ नेता कार्यकर्तालाई ईलाका प्रहरी कार्यालयले रिहा गरेको हो ।

रिहा हुनेहरुमा जनता समाजवादी पार्टी नेपाल धरान नगर उपाध्यक्ष सुमन चेम्जोङ सहित ६ जनालाई मङ्गलवार राति ११ बजे रिहा गरेपछि भानु चोकमा अबिर जात्रा गरिएको छ ।

सहमतिपछि धरानका मुक्कुमलुङ आन्दोलनकारीहरू १५८ जनाले दिएको सामूहिक गिरफ्तारी समेत फिर्ता लिएका छन् ।

केबलकार निर्माणको काम स्थगन गर्नुपर्ने मागसहित गरिएको यातायात बन्दसहितका विभिन्न आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

गृह मन्त्रालयबाट गठित वार्ता टोली र नो केबलकार समूहका प्रतिनिधिहरूबिच मङ्गलवार भएको वार्ताका क्रममा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने, सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।

यसै गरी २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विना सर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चित कालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते वार्तामा बस्ने सहमति भएको हो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic