वराहक्षेत्रको बगुवामा रहेको भगवती आधारभूतले मनायो आफ्नो ५१औँ वार्षिक उत्सव

  • माघ २३, २०८१
  • १,०८९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२३ माघः बराहक्षेत्र वडा नं १ स्थित बगुवामा रहेको भगवती आधारभूत विद्यालयले आफ्नो ५१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा चन्दादाता अबिजाल विष्ट, योगेन्द्र बस्नेतले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री, विद्यालयलाई खेलकुदको सामाग्री वितरण समेत गरेका थिए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थापाले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक सीतादेवी राईले विद्यालयको आर्थिक वर्ष २०८०÷०८१ को आय÷ व्यय तथा भावी योजना प्रस्तुत गरेका थिए ।

विद्यालयमा आधारभूत तहसम्म अध्ययन गरेर एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थी श्रृष्टि ढुङ्गानालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन अभिभावक मिलन निरौला र शिक्षक ममता राईले गरेका थिए ।

कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।

आदर्श माविका पूर्व प्रधानाध्यापक तथा नगर शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी ईश्वर थापा,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी दिनेश कार्की, समाजसेवी तथा विद्यालयका चन्दादाता अविजाल विष्ट, पुष्प ढुङ्गाना विशिष्ट अतिथि रहेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic