वराहक्षेत्रको बगुवामा रहेको भगवती आधारभूतले मनायो आफ्नो ५१औँ वार्षिक उत्सव

  • माघ २३, २०८१
  • १,०२५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२३ माघः बराहक्षेत्र वडा नं १ स्थित बगुवामा रहेको भगवती आधारभूत विद्यालयले आफ्नो ५१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा चन्दादाता अबिजाल विष्ट, योगेन्द्र बस्नेतले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री, विद्यालयलाई खेलकुदको सामाग्री वितरण समेत गरेका थिए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थापाले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक सीतादेवी राईले विद्यालयको आर्थिक वर्ष २०८०÷०८१ को आय÷ व्यय तथा भावी योजना प्रस्तुत गरेका थिए ।

विद्यालयमा आधारभूत तहसम्म अध्ययन गरेर एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थी श्रृष्टि ढुङ्गानालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन अभिभावक मिलन निरौला र शिक्षक ममता राईले गरेका थिए ।

कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए ।

आदर्श माविका पूर्व प्रधानाध्यापक तथा नगर शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी ईश्वर थापा,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी दिनेश कार्की, समाजसेवी तथा विद्यालयका चन्दादाता अविजाल विष्ट, पुष्प ढुङ्गाना विशिष्ट अतिथि रहेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic