होलील्याण्ड वोडिङ स्कुलको वार्षिक उत्सवमा पूर्व विद्यार्थी सम्मानित

  • माघ २३, २०८१
  • ५,९१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान,२३ पुष ः होलील्याण्ड इन्टरनेशनल स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले सम्मान पत्रले सम्मान गरेका थिए ।

स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा योगदान गरेका विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको थियो ।

आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु स्वास्थ्य तथा विभिन्न सरकारी क्षेत्रमा प्रवेश गर्नेहरुलाई सम्मान गरीएको स्कुलका निर्देशक अर्जुन मेन्याङ्वो जानकारी दिए ।

HOLILAND NEWS PHOTO = 2

स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले औपचारीक शिक्षाका लागि मात्र नभएर विद्यार्थीरुको सर्वाङ्गिण विकासको लागि काम गरीरहेको वताए ।

वस्नेतले समाजबाट हराउदै गएको संस्कृतिको संरक्षणमा पनि नीजि विद्यालयको महत्वपूर्ण भूमिका रहेको वताए । उनले शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको दावी गरे ।

उनले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि वढाएको उल्लेख गरेका थिए ।

धरानमा अन्य क्षेत्रका भन्दा फरक विशेषता भएका कलेजहरु भएको कारण पनि धरानलाई शैक्षिक हवको रुपमा मानिएको वस्नेतको भनाई रहेको छ ।

HOLILAND NEWS PHOTO = 3 उक्त कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

स्कुलका अध्यक्ष खगेन्द्र मेन्याङ्वोको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले स्वागत गरेका थिए ।

कायक्रममा स्कुलका निर्देशक अर्जुन मेन्याङ्वोले राष्ट्रलाई आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको वताए ।
कार्यक्रमको संचालन हरीनारायण बास्कोटा र शारदा श्रेष्ठले संयुक्त रुपमा संचालन गरेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic