होलील्याण्ड वोडिङ स्कुलको वार्षिक उत्सवमा पूर्व विद्यार्थी सम्मानित

  • माघ २३, २०८१
  • ५,८४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान,२३ पुष ः होलील्याण्ड इन्टरनेशनल स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले सम्मान पत्रले सम्मान गरेका थिए ।

स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा योगदान गरेका विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको थियो ।

आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु स्वास्थ्य तथा विभिन्न सरकारी क्षेत्रमा प्रवेश गर्नेहरुलाई सम्मान गरीएको स्कुलका निर्देशक अर्जुन मेन्याङ्वो जानकारी दिए ।

HOLILAND NEWS PHOTO = 2

स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले औपचारीक शिक्षाका लागि मात्र नभएर विद्यार्थीरुको सर्वाङ्गिण विकासको लागि काम गरीरहेको वताए ।

वस्नेतले समाजबाट हराउदै गएको संस्कृतिको संरक्षणमा पनि नीजि विद्यालयको महत्वपूर्ण भूमिका रहेको वताए । उनले शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको दावी गरे ।

उनले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि वढाएको उल्लेख गरेका थिए ।

धरानमा अन्य क्षेत्रका भन्दा फरक विशेषता भएका कलेजहरु भएको कारण पनि धरानलाई शैक्षिक हवको रुपमा मानिएको वस्नेतको भनाई रहेको छ ।

HOLILAND NEWS PHOTO = 3 उक्त कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

स्कुलका अध्यक्ष खगेन्द्र मेन्याङ्वोको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले स्वागत गरेका थिए ।

कायक्रममा स्कुलका निर्देशक अर्जुन मेन्याङ्वोले राष्ट्रलाई आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको वताए ।
कार्यक्रमको संचालन हरीनारायण बास्कोटा र शारदा श्रेष्ठले संयुक्त रुपमा संचालन गरेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic