बिजनेश एक्स्पोको तयारी पुरा मुख्यमन्त्रीद्धारा उद्घाटन

  • माघ २५, २०८१
  • ९,८६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ःधरानको व्यपार व्यवसायलाई चलायमान वनाउने उदेश्यले आयोजना हुने १५ दिने बिजनेश एक्स्पोको तयारी पुरा भएको छ ।

शनिबारबाट धरान रंगशालामा हुने सो एक्स्पोको तयारी पुरा भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबले उद्घाटन गर्ने एक्स्पो माघ २६ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने छ । 

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

एक्स्पोमा आमसर्वसाधारणलाई समेत निःशूल्क प्रवेश गराइने विजनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो ।

उहाँले भन्नुभयो–साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क ताकिएको भएपनि अन्य समयमा कुनैपनि प्रकारको शूल्क नलिने बताउनुभयो । 

मुख्यकुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो धरानको व्यापारी तथा व्यवसायीहरुलाई खुशी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले भन्नुभयो । 

आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवर्धन स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मुल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टंककुमारी गुरुङले बताउनुभयो ।

१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

लोक बाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टंककुमारी गुरुङले बताउनुभयो । 

एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रियात्मक डिवेट गरिने समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

विभिन्न कम्पनीका जुत्ताहरु सस्तो र सुलभ मुल्यमा पाउने र मेलाको आर्कषण हुने आयोजकको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic