युजिए कपको उपाधिका लागि ४ स्कुल फाइनलमा

  • माघ २६, २०८१
  • ५,५५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले आयोजना गरेको ११ औं युजिए कप २०८१ को फाइनलमा ४ स्कुल पुग्न सफल भएकाछन् ।

जिल्ला स्तरीय अन्तर स्कुल भलिबल प्रतियोगितामा छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरा, धरान आर्दश र छात्रतर्फ जनता मावि ईटहरी र बालबिकास पकली फाईनलमा प्रवेश गरेका हुन ।

शुक्रबार भएको सेमिफाईनलमा छात्रातर्फ ६ टिम र छात्रतर्फ ३ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो ।

सेमिफाईनल खेलको म्यान अफ द म्याच बाल बिकासका समिर गिरी भएका छन ।

खेलका म्यान अफ म्याचले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन ।

प्रतियोगिताको तेस्रो स्थानको प्रतियोगिता छात्रातर्फ लर्ड बुद्ध रामधुनी र डिपोट स्कुल धरान बिच हुनेछ भने छात्रतर्फ पूर्वाञ्चल स्कुल तरहरा र सरस्वती मावि पनमारा बिच हुने भएको छ ।

प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो ।

शनिवार (भोली) माघ २६ गते हुने फाईनल खेलको बिजेताले नगद २५ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपबिजेताले २० हजार नगद ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी तेस्रो हुने टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेद्धन् ।

व्यत्तिगत विधा तर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, बेष्ट सेटर, वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरले नगद १२ सय प्रमाणपत्र र ट्रफी पाउने भएका छन ।

युजिए स्कुलले भलिवललाई आफ्नो स्कुलको गौरवको विषय वनाउदै हरेक वर्ष युजिए कप गराउदै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic