धरान एक्स्पोमा ३ हजार मोडलका जुत्ताका धमाका १५ देखि ५० प्रतिशत छुट सुविधा

  • माघ २६, २०८१
  • ६,५४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघः धरानमा आजबाट सञ्चालन हुने बिजनेश एक्स्पोमा स्वदेशी व्राण्डका ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ ।

एक्स्पोमा नेपालमै नाम कमाउन सफल कम्पनीका पाँच ब्राण्डका जुक्ताहरु राखिने आयोजकले जनाएको छ ।

धरान ररंगशालामा शनिबार (आज) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा न्युनतम ३ सयदेखि अधिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो –हामी नाफा कमाउने भन्दापनि उपभोक्ताहरुसंग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम्म उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यान दिन्छौं । 

एक्स्पोमा विएफ डियर हिल, विएफ स्पोर्टस, स्मार्ट सुज, फस्टवाक सुज, सुजल्याण्ड र रन सुज ब्राण्डका जुत्ताहरु रहने फुटवेयर एशोसिएशनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो–एक्स्पोमा रहेका २५ स्टल बराबरका अलग्गै स्थान तयार गरेर डिस्प्लेमा जुत्ताका ब्राण्डहरु प्रस्तुत गरि उपभोक्ताहरुलाई सहज विक्रि गरिने बताउनुभयो । अधिकांश कम्पनीहरु पुराना र स्थापित भएकाले कोशीका जनतामा कुनै गुनासो आउननदिने गरी सेवा दिन्छौं घिमिरेले बताउनुभयो । 

एक्स्पोमा विक्रिका लागि ल्याएएका जुत्ताहरु स्कुलका बालबालिकाहरु, क्याजुअल, पार्टी सुज, स्पोर्टका बच्चादेखि वृद्धबृद्धासम्मका लागि ३ हजार प्रकारका जुत्ताहरु राखिने फुटवयर एशोसिएशनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो हामीले विक्रि गरेका उत्पादनहरुमा ५ महिनाको वारेन्टि, विक्रिपछि सेवाहरु दिन्छौँ । जुत्ताको सोल भाचिए अर्को सुल लगाइदिन्छौं उपाध्यायले भन्नुभयो । 

उहाँले भन्नुभयो धरानलाई प्राथमिकता दिँदै सबै ब्राण्डका सञ्चालकहरु धरानमै छौँ हामी एक्स्पो मात्रै होइन त्यसपछिपनि धरान र कोशीलाई हाम्रो उत्पादनसंग जोडिरहन चाहान्छौं ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic