युजिए कपको उपाधि जनता र धरान आर्दशलाई

  • माघ २७, २०८१
  • २,४९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६,माघः युनाईटेड गोर्खा एकेडेमीद्धारा आयोजित ११ औं युनाईटेड गोर्खा एकडेमी कप–२०८१ को उपाधि जनता मा.वि. इटहरी र धरान आर्दशले हात पारेको छ ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ जनता मा.वि. इटहरी र छात्रा तर्फ धरान आर्दश ले उपाधि हात पारेको हो । 

शनिबार धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमीको परिसरमा भएको फाइनल खेलमा छात्र तर्फ बालविकास पकलीलाई ३–१को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले छात्रतर्फको उपाधि हात पारेको थियो भने छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ को सेटमा पराजित गदै धरान आर्दशले उपाधि हात पारेको थियो ।

छात्र÷छात्रातर्फ उपाधिसँगै जनता मावि ईटहरी,धरान आर्दशले नगद २५÷२५ हजार र छात्रा÷छात्रतर्फको उपबिजेताले नगद २०÷२० हजार सहित मेडल ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

त्यसैगरी तेस्रो पुरस्कार छात्रा÷छात्रतर्फ डिपोट स्कुल धरान र पूर्वाञ्चल स्कुल तरहराले नगद १५÷१५ हजार ट्रफी, मेडल सहित प्रमाण–पत्र प्राप्त गरे । 

खेलको म्यान अफ द म्याच छात्रा तर्फ धरान आर्दशकी प्रतिक्षा जोशी र छात्रतर्फ जनता स्कुलका कमल श्रेष्ठ घोषित भए । उनीह्रुले नगद १२ सय सहित मेडेल प्राप्त गरे ।

व्यत्तिmगत विधा तर्फ छात्रा ÷छात्र वेष्ट सर्भिस प्रजिता कार्की र लभ चौधरी,वेष्ट डिफेन्स दिक्षा कार्की र सत्यम लिम्बु ,बेष्ट सेटर प्रियङका मगर र सबिन राई ,वेष्ट स्पाईकर प्रतिक्षा जोशी र समिर गिरी,वेष्ट प्लेयर रमा श्रेष्ठ र कमल श्रेष्ठ, राईजिङ प्लेयर जेनिशा खनाल र बक हाङ राई भएका थिए । उनीहरुले नगद १२ सय सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन ।

प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो ।

युजिएले भलिवललाई आफ्नो व्राण्डको रुपमा वनाउदै आएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic