युजिए कपको उपाधि जनता र धरान आर्दशलाई

  • माघ २७, २०८१
  • २,४५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६,माघः युनाईटेड गोर्खा एकेडेमीद्धारा आयोजित ११ औं युनाईटेड गोर्खा एकडेमी कप–२०८१ को उपाधि जनता मा.वि. इटहरी र धरान आर्दशले हात पारेको छ ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ जनता मा.वि. इटहरी र छात्रा तर्फ धरान आर्दश ले उपाधि हात पारेको हो । 

शनिबार धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमीको परिसरमा भएको फाइनल खेलमा छात्र तर्फ बालविकास पकलीलाई ३–१को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले छात्रतर्फको उपाधि हात पारेको थियो भने छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ को सेटमा पराजित गदै धरान आर्दशले उपाधि हात पारेको थियो ।

छात्र÷छात्रातर्फ उपाधिसँगै जनता मावि ईटहरी,धरान आर्दशले नगद २५÷२५ हजार र छात्रा÷छात्रतर्फको उपबिजेताले नगद २०÷२० हजार सहित मेडल ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

त्यसैगरी तेस्रो पुरस्कार छात्रा÷छात्रतर्फ डिपोट स्कुल धरान र पूर्वाञ्चल स्कुल तरहराले नगद १५÷१५ हजार ट्रफी, मेडल सहित प्रमाण–पत्र प्राप्त गरे । 

खेलको म्यान अफ द म्याच छात्रा तर्फ धरान आर्दशकी प्रतिक्षा जोशी र छात्रतर्फ जनता स्कुलका कमल श्रेष्ठ घोषित भए । उनीह्रुले नगद १२ सय सहित मेडेल प्राप्त गरे ।

व्यत्तिmगत विधा तर्फ छात्रा ÷छात्र वेष्ट सर्भिस प्रजिता कार्की र लभ चौधरी,वेष्ट डिफेन्स दिक्षा कार्की र सत्यम लिम्बु ,बेष्ट सेटर प्रियङका मगर र सबिन राई ,वेष्ट स्पाईकर प्रतिक्षा जोशी र समिर गिरी,वेष्ट प्लेयर रमा श्रेष्ठ र कमल श्रेष्ठ, राईजिङ प्लेयर जेनिशा खनाल र बक हाङ राई भएका थिए । उनीहरुले नगद १२ सय सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन ।

प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो ।

युजिएले भलिवललाई आफ्नो व्राण्डको रुपमा वनाउदै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic