नेपाल स्काउटको कार्यक्रम सम्पन्न

  • माघ २९, २०८१
  • २,४३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ माघः नेपाल स्काउट कोशी प्रदेशको आयोजनामा संचालित चौथो प्रादेशिक ज्याम्बोरेटकोऔपचारीक कार्यक्रम सम्पन्न भएको छ ।

माघ २६ गतेदेखि शुरु भएको सो कार्यक्रममा शनिवार सम्पन्न भएको हो ।

प्रदेश प्रमुख आयुक्त एवं क्याम्प चिफ हेमन्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी,रास्ट्रीय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, रास्ट्रीय कार्यकारी समिति सदस्य रवि खनाल,नवल प्रसाद उपाध्याय, प्रदेश प्रमुख आयुक्त, दिनेश यादव,मधेस प्रदेश, दिनानाथ भट्टराई, लुम्बिनी प्रदेश कमल बोहरा, कर्णाली प्रदेश, नरेन्द्र थापा ,सुदुरपश्चिम प्रदेश, रास्ट्रीय तदर्थ समिति पुर्व संयोजक लोकबहादुर भण्डारीको उपस्थिति रहेको थियो ।

त्यसैगरी रास्ट्रीय युवा परिषद अध्यक्ष पुकार ढकाल,रास्ट्रीय परिषद सदस्य,अरुण बस्नेत,शिवराम अर्याल,प्रदेश कार्यकारी समितीका पदाधिकारीहरु, प्रदेश परिषद सदस्य, विभिन्न संघ र सस्थाका प्रमुख एवं प्रतिनिधिहरु, प्रदेश युवा परिषदका पदाधिकारी, रास्ट्रीय प्रशिक्षकहरु, स्थानीय प्रमुख आयुक्तहरु, सहायक रास्ट्रीय प्रशिक्षकहरु, स्काउट लिडरहरु, रोभर र रेन्जरहरु, स्काउटहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्डा बढी स्थानीय तहका स्काउटहरु र स्काउटरहरु र अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रूपमा सहभागिता रहेको थियो ।

कार्यक्रममा स्काउट एवं स्काउटहरु गरी जम्मा ३ हजार जनाको सहभागिता रहेको थियो ।

४ दिनसम्म संचालित ज्याम्बोरेटमा विभिन्न सहासिक, मनोरञ्जनात्मक , बौद्धिक , अध्यात्मिक क्रियाकलापहरुको संचालन भएको थियो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल स्काउटको वृद्धि र विकासमा अतुलनीय योगदान गर्नुहुने स्काउट लिडरहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic