सुमेधा बतृत्वकला प्रतियोगितामा योन्जन प्रथम

  • फागुन ३, २०८१
  • ३,५२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः –याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान–मेघा हिमालयनकी क्याथरिन योन्जनले हात पारेकी छिन् ।

शुक्रवार भएको फाइनलमा क्याथरिनले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।

उनले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन।

धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलकी देवका कार्की दोश्रो वनेकीछिन ।उनले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन।

एम्स एकेडेमीकी अदिति झा तृतीय भएकी थिइन उनले ४ हजार नगद सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन।

यता पब्लिक मा.वि.फुस्रेका बालकुमार राई सान्त्वना भएर २ हजार नगद सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे।

प्रतियोगिताको उप–शीषकमा समेत पुरस्कार प्रदान गरिएको थियो।शिक्षा निकेतन मा.वि.की पुजा लम्साल र लाक्पा तामाङले क्रमश डिसिप्लिन र अराटोरिकल स्पिकरको उपाधि प्राप्त गरे।

पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राईले क्रमशःइन्फर्मेटिभ र पङ्चुअल स्पिकरको उपाधी जिते। सियोन स्कुलकी सोनिया नेपालीले सिन्सियर स्पिकरको उपाधि जितिन भने धरान मा.वि.की स्मृति लिम्बुले मोटिभेस्नल स्पिकरको उपाधी हात पारिन।

उपबिजेताहरुले जनही १÷१ नगद सहित प्रमाण–पत्र प्राप्त गरे।

बिजेता र उप–बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघा, मन्टेसोरी किन्डर गार्टेनका संचालक गौरबमान श्रेष्ठ र सहिद स्मृति मा.वि.का प्रधानाध्यापक राम बहादुर बिष्टले नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरे।

सहभागिहरुलाई लागु औषध चुनौति र समाधानका उपाय, छोराचोरीको भबिष्य निर्माणमा आमा(बुवाको भुमिका, सामाजिक सद्भाव र युवाको दायित्व, स्वदेसमै भबिष्य स्वदेसमै रोजगार र युवाको चाहनास् बिकसित नेपालको परिकल्पना गरी ५ वटा शिर्षकहरु दिइएको थियो।

उत्कृष्ट १० प्रतिष्पर्धीहरुलाई गोला प्रथाद्वारा ५ वटा शिर्षकहरुमध्ये दुई जना प्रतिष्पर्धीलाई एउटै शिर्षक परेको थियो।

बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टंक भट्टराई थिए।

कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरानका सिइओ.सुरेन्द्र घिमिरे,समाजसेवी सुस्मिता लिम्बु लगायतको उपस्थिति थियो।सोनि यादबले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic