जरामा खट्ने अभियन्ताहरुलाई एमालेले अभिमुखिकरण गर्ने

  • फागुन ४, २०८१
  • ३१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४फागुनः नेकपा एमाले इटहरीले जरा अभियानमा खटिने नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण गर्ने भएको छ ।

आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा (एमाले) ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई अभिमुखिकरण गर्ने भएको हो ।

आइतवार (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरीका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो ।

प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टी केन्द्रीय सदस्य जगदिश कुसियतले समेत विचार प्रस्तुत गर्नुहुने कार्यक्रम रहेकोछ ।

कार्यक्रम अपरान्ह साढे १२ बजेबाट सुरु भएको छ, अभिमुखिकरण ३ घण्टा सञ्चालन हुनेछ ।

मुख्यगरी अबको २५ वर्षमा पार्टी सय वर्ष पुग्नेछ त्यसबेला नेपाललाई समृद्ध बनाउने र त्यसका लागि अब आउने २०८४ लगायतका तीन तहकै सरकारमा एमालेको बहुमत सरकार बनाउने र एमालेलाई राष्ट्रिय शक्तिका रुपमा निर्माण गर्ने पार्टीको गत २०८१ बैशाख ८ देखि १० गतेसम्म सम्पन्न प्रतिनिधि परिषद् बैठकका दुई निष्कर्षहरुलाई कार्यान्वयन गर्न यतिवेला एमाले जरा अभियानमा केन्द्रित रहेको छ 

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic