धरान लिगामेन्ट स्कुलले विविध कार्यक्रमका साथ वार्षिक उत्सव मनाउने भौतिक पूर्वाधार विकास मन्त्रीले उद्घाटन गर्ने

  • फागुन ४, २०८१
  • ३,३१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुनः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको वार्षिक उत्सवको उद्घाटन कोशी प्रदशेका र्भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गर्ने भएकाछन् ।

स्कुलले आइतवार पत्रकार सम्मेलन गरी वार्षिक उत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका वारेमा जानकारी दिदै राईले उद्घाटन गर्ने जानकारी दिएको हो ।

स्कुलका प्रिन्सिपल तेजमान लिम्वुले ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन मंगलवार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गर्ने जानकारी दिएकाछन् ।

प्रिन्सिपल लिम्वुले दिएको जानकारी अनुसार सो अवसरमा बाल विवाह सम्वन्धि सचेतना मुलक नाटक,जातीय तथा राष्ट्रिय पहिरन प्रदर्शनी, विद्यार्थीलाई चेतना दिने खालको लोकदोहोरी,कथा कविता समेत कार्यक्रममा समावेश गरीने छ ।

कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विविध सास्कृतिक कार्यक्रम,गीत कथा लगायतका चेतना मूलक कार्यक्रमहरु समेत प्रस्तुत हुने प्रिन्सिपल लिम्वुले जानकारी दिएकाछन् ।

यस कार्यक्रममा शिक्षक,शिक्षिका साथै अभिभावकको समेत वजेत डान्स प्रस्तुती रहने समेत प्रिन्सिपल लिम्वुले थप जानकारी दिएकाछन् ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic