जोन चाम्लिङ आज एक्स्पोमा

  • फागुन ५, २०८१
  • ५४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५फागुनः युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् ।

धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् । धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र जोनलाई सुनेर हेरेर धरानेहरु कहिल्यै नअघाउने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आफुले धरानमा धेरै सांगीतिक कार्यक्रमहरु गरिरहेको भएपनि हरेक पटक जोनको माग भइरहेको उनले बताए । श्रेष्ठले भने जोनका हरेक गीतहरुले युटुवमा लाखौँ भ्युज पाइरहेको बताए ।

जोनकोे “हावा जस्तै, फर्कन्न होला, निहिता, साधना, मुटुदेखि” जस्ता गीतहरुले युटुवमा मिलियन भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् । 

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । 

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic