शिवरात्रिको अवसरमा चौकीबारी साँझ

  • फागुन ६, २०८१
  • २६६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,५ फागुनः चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक साङ्गीतिक कार्यक्रम गरी धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरू र वडाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने भएको छ ।

खेलाडी र कलाकारहरूलाई प्रोत्साहन, ज्येष्ठ नागरिकहरूलाई अभिनन्दनु भन्ने उद्देश्यका साथ फागुन १४ गते शिवरात्रिको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरी धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन र दुर्व्यसनबाट पीडित विपन्न ३ जना युवाहरूलाई सुधार केन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिवारलाई स्वास्थ्य बिमा गरिदिने घोषणा गर्न लागेको हो ।

सोमबार चौकीबारी युवा समाजले पत्रकार सम्मेलन गर्दै उक्त भव्य कार्यक्रम धरान(१९ स्थित जिमी चोकमा अपराह्न ३ बजेदेखि सञ्चालन हुने जानकारी गराएको छ । समाजका अध्यक्ष उत्तम तामाङले भन्नुभयो कार्यक्रममा चर्चित पप स्टार धिरज राई र सोलो सिंगर धिरेन्द्र मालाकारलाई प्रस्तुत गर्नेछौँ ।

तामाङका अनुसार कार्यक्रममा ऊर्जा ब्याण्ड, पुरानोकुपी ब्याण्ड, बदमास ब्याण्ड, द एलाइज ब्याण्डका कलाकारहरूले मनोरञ्जन गराउनेछन् । सो अवसरमा युनाइडेड मल्टिडान्स सेन्टरका कलाकारहरूसँगै रिङछिङ गुरुङ र सरु राईको नृत्य प्रस्तुत गरिने छ ।

उक्त कार्यक्रममा हेटौँडाका र्यापर एमएसडी, स्थानीय र्यापरहरु वाजालुरे, गेन्जी फुजियोलाई समेत प्रस्तुत गरिनेछ ।

करिब १६ लाख ८० हजार लागत रहने कार्यक्रममा धरान १९ का हङकङबासीहरुको सहयोग रहने समाजका सचिव सुनिल सुब्बाले जानकारी दिए ।

कोरिया, बेलायत र अस्ट्रेलियामा रहनुहुने धरानवासी तथा अन्य नेपालीहरूको सहयोगमा यो कार्यक्रम गर्न लागिएको पनि सुब्बाले जानकारी दिए । सचिव सुब्बाका अनुसार कार्यक्रममा धरान उपमहानगरपालिका, १९ नम्बर वडा समिति, भिजन फिटनेस धरान, क्रन्च फिटनेस, हरियाली सामुदायिक बन, चौकीबारी महिला समूह धरान १९ लगायतको साथ र सहयोग रहनेछ ।

समाजका अध्यक्ष उत्तम तामाङ अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार तथा युवा नेता भीमज्वाला राई, संस्थाका सल्लाहकार धरान १९ नम्बर वडा अध्यक्ष पूर्ण लिम्बू, समाजका सल्लाहकारहरू देउमान ताप्मादेन, सन्त तेम्बे लगायतको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा ऊर्जा ब्याण्ड र एलाइज ब्याण्डका कलाकारहरूको समेत उपस्थिति थियो ।

युवाहरूलाई दुर्व्यसनबाट जोगाउँदै सत्कर्ममा लाग्न उत्प्रेरित गर्ने र विपन्नहरूलाई सहयोग गर्ने उद्देश्यले धरान वडा नम्बर १९ मा रहेका युवाहरूले चौकीबारी युवा समाज धरान स्थापना गरेको हो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic