विद्यालयहरु विदेशका लागि श्रमिक उत्पादन गर्ने थलो वन्नु हुदैन–मन्त्री राई

  • फागुन ६, २०८१
  • ८५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ फागुन ः कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले बिद्यालयहरु बिदेसका लागि श्रमिक उत्पादन गर्ने थलो बन्नु नहुने बताएकाछन् ।

धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६को ११ औ अभिभावक दिवस तथा वार्षिक उत्सवलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री राइृले सो कुरा वताएका हुन ।

मन्त्री राईले आफ्ना छोराछोरीहरु के का लागि पढाउदै छु भन्ने कुरा बुझ्न अभिभावकहरुलाई आग्रह गर्दै आफ्नै देशमा पौरख गर्ने र देस बनाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

बिद्यार्थीहरुका बिभिन्न प्रकारका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने अवसर प्रदान गर्न अभिभावक दिवस बिशेष गरी मनाईएको स्कुलका प्रीन्सिपल तेजमान लिम्बुले बताए।

कार्यक्रममा बिद्यार्थीहरुले बाल विवाह विरुद्धको जनचेतनामूलक नाटक, कमेडी, गीत र आकर्षक नृत्य प्रस्तुत गरेर अभिभावकहरुलाई मनोरञ्जन प्रदान प्रदान गरेका थिए ।

कार्यक्रममा धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई, पुर्ब वडा अध्यक्ष दिलकुमार गिरी, स्कुलका निर्देशक दुर्गा सुबेदी, सन्तोष लिम्बु, जनार्दन वस्ती, रमेश लिम्बु लगायतको उपस्थिति थियो।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic