विद्यालयहरु विदेशका लागि श्रमिक उत्पादन गर्ने थलो वन्नु हुदैन–मन्त्री राई

  • फागुन ६, २०८१
  • ८०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ फागुन ः कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले बिद्यालयहरु बिदेसका लागि श्रमिक उत्पादन गर्ने थलो बन्नु नहुने बताएकाछन् ।

धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६को ११ औ अभिभावक दिवस तथा वार्षिक उत्सवलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री राइृले सो कुरा वताएका हुन ।

मन्त्री राईले आफ्ना छोराछोरीहरु के का लागि पढाउदै छु भन्ने कुरा बुझ्न अभिभावकहरुलाई आग्रह गर्दै आफ्नै देशमा पौरख गर्ने र देस बनाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

बिद्यार्थीहरुका बिभिन्न प्रकारका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने अवसर प्रदान गर्न अभिभावक दिवस बिशेष गरी मनाईएको स्कुलका प्रीन्सिपल तेजमान लिम्बुले बताए।

कार्यक्रममा बिद्यार्थीहरुले बाल विवाह विरुद्धको जनचेतनामूलक नाटक, कमेडी, गीत र आकर्षक नृत्य प्रस्तुत गरेर अभिभावकहरुलाई मनोरञ्जन प्रदान प्रदान गरेका थिए ।

कार्यक्रममा धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई, पुर्ब वडा अध्यक्ष दिलकुमार गिरी, स्कुलका निर्देशक दुर्गा सुबेदी, सन्तोष लिम्बु, जनार्दन वस्ती, रमेश लिम्बु लगायतको उपस्थिति थियो।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic