तेस्रो गोर्खा ट्रेल ब्लेजर रन चैत २ गते

  • फागुन ११, २०८१
  • १,०४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुनः गोर्खा ट्रेल ब्लेजर रनको तेस्रो सँस्करण आगामी चैत २ गते हुने भएको छ ।

प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा सो रन आयोजना हुन लागेको हो ।

आयोजकले आइतवार पत्रकार गरी तेस्रो सँस्करण चैत २ गते आयोजना गर्ने जानकारी दिएको हो ।

ट्रष्टका अध्यक्ष महेन्द्र राईले पुर्खा दिवसको अवसर पारेर दौड र सम्मान कार्यक्रम गर्ने तयारी भएको जानकारी दिएकाछन् ।

धरान १८ स्थित रत्नचोकबाट वडा नं २० गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर दुरी रहेको छ ।

अध्यक्ष राईले दिएको जानकारी अनुसार दौडमा करिब ६ सय जनाको संख्यामा सहभागिता रहनेछ ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताले क्रमशः जनही नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रथम हुने महिला र पुरुषलाई आगामी वर्ष सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेल ब्लेजर रनमा सहभागिता जनाउने अवसर पनि दिइने अध्यक्ष राईको भनाई रहेको छ ।

रनमा विश्वयुद्ध लडेकालाई सम्मान

सो अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगा (हाल उदयपुर बेल्टार निवासी) १०२ वषीय भूपू ब्रिटिश सैनिक दलबहादुर राईलाई सम्मान गरीने तयारी रहेको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

सोही अवसरमा यस वर्र्ष धरानको ऐतिहासिक चोक रत्न चोक निवासी ज्येष्ठ नागरिकलाई समेत सम्मान गर्ने तयारी रहेको छ ।

आयोजकले बर्षेनी विश्वयुद्ध वा अन्य युद्ध लडेका जीवीत भूपू सैनिकहरुलाई सम्मान गर्दै आइरहेको छ । गत बर्ष पनि भोजपुरको टेम्के मैयुङ गाउँपालिका निवासी १०२ बर्षीय पुर्वब्रिटिश आर्मी इन्द्रबहादुर राईलाई सम्मान गरेको थियो ।

ट्रष्टले अप्रिल ५ लाई पुर्खा दिवस मान्दै आएको छ । सन् २०२३ देखि धरान वडा नं १८ कार्यालयसँग सहकार्य गरि ट्रष्टले गोर्खा ट्रेल ब्लेजर रनको शुरुवात गरेको थियो ।

पुर्खा दिवसको अवसरमा हङकङमा पनि ट्रेल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । हङकङमा यो बर्ष १ मार्चमा दौड हुनेछ ।

विश्व शान्तिको लागि युद्ध लडेका भूपू सैनिकहरुलाई सम्मानपुर्वक हेरिनुपर्छ भन्ने उद्देश्यले ट्रष्टले कार्यक्रम आयोजना गर्दै आएको सदस्य एवं सञ्चारकर्मी विकास चाम्लिङ राईले बताए ।

धावकहरुलाई अवर र प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएका र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जाने अध्यक्ष राईले वताए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic