धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि–मुख्यमन्त्री कार्की

  • फागुन १४, २०८१
  • १,७५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताउनुभएको छ । आज महाशिवरात्रि पर्व २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत भगवान् शिवको महिमा र नेपालको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

“नेपालको पवित्र पाशुपत क्षेत्र तथा अन्य धार्मिक स्थलहरूको उचित संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध छ,” शुभकामना सन्देशमा उल्लेख छ।

उहाँले कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरिसकेको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

महाशिवरात्रि पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले नेपाली समाजलाई थप मेलमिलाप, सहकार्य र भाइचाराको भावना विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

त्यसैगरी, उहाँले महाशिवरात्रिसँगै मनाइने सैनिक दिवसको अवसरमा पनि शुभकामना व्यक्त गर्दै नेपाली सेना तथा सुरक्षाकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले महाशिवरात्रिको पावन अवसरमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic