गोर्खा ट्रेल ब्लेजरको उपाधि सरोज र पुष्पालाई

  • चैत ३, २०८१
  • २,४१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२चैतः पूर्खाहरुको सम्मानमा धरानमा आयोजित तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि सरोज लिम्वु र पुष्पा शेर्पाले हात पारेकाछन्।

प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ पाँचथरकी पुष्पा शेर्माले हात पारेकाछन्।

गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा शनिवार बिहान प्रतियोगिता भएको हो।

उपाधि विजेता सरोज लिम्बुले ३४ मिनेट ४५ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता पुष्पा शेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

विजेता सुरजले नगद २० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने महिला विजेता पुष्पाले नगद २० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरिन् ।

प्रथम हुने यी दुवै पुरुष र महिला धावक धाविकाले हङकङमा सन् २०२६मा हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने भएका छन् ।

प्रतियोगितामा पुरुष तर्फ दोस्रो हुने ओशन राईले ३६ मिनेट २ सेकेन्डमा र तेस्रो हुने स्काई लिम्बुले ३६ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

महिलातर्फ दोस्रो हुने दिपा बस्नेतले ४७ मिनेट ४४ सेकेन्डमा र तेस्रो हुने इन्द्रकला नेम्वाङ निक्कीले ४८ मिनेट ४२ सेकेन्डमा दुरी पार गरी उपाधि हासिल गरेका थिए । दोस्रो र तेस्रो उपाधि विजेता महिला तथा पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार, ५ हजार, सहित मेडल प्राप्त गरे ।

यता भेट्रान पुरुष तर्फ प्रथम विजय कुमार राई, दोस्रो मङ्गल तामाङ,राजु तामाङ भए ।भने भेट्रान महिला तर्फ प्रथम जमुना लिम्बु दोस्रो कुसुम लिम्बु भएका थिए ।

विजेता तथा उपविजेताहरुलाई समापनका सभापति महेन्द्रकुमार राई, २० नं. वडाका अध्यक्ष पदम लिम्बुले पुरस्कार प्रदान गरे।

प्रतियोगिता धरान १८ स्थित रत्न चौकवाट सुरु भएको थियो । चौकवाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर,तेह्रथुम, पाँचथर, धनकुटा लगायत जिल्लाबाट ७ सय बढीको सहभागीता रहेको थियो ।

विश्वयुृद्ध लडेकालाई सम्मान

उक्त अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्व ब्रिटिस गोर्खा सैनिक दल बहादुर राई र रत्न चौक निवासी ज्येष्ठ नागरिकहरूलाई सम्मान अभिनन्दन गरिएको छ ।
उनीहरूलाई सभापति महेन्द्रकुमार राई, संयोजक धरान १८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाँधिदिएका थिए । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग थियो ।
दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic