गोर्खा ट्रेल ब्लेजरको उपाधि सरोज र पुष्पालाई

  • चैत ३, २०८१
  • २,३८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२चैतः पूर्खाहरुको सम्मानमा धरानमा आयोजित तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि सरोज लिम्वु र पुष्पा शेर्पाले हात पारेकाछन्।

प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ पाँचथरकी पुष्पा शेर्माले हात पारेकाछन्।

गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा शनिवार बिहान प्रतियोगिता भएको हो।

उपाधि विजेता सरोज लिम्बुले ३४ मिनेट ४५ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता पुष्पा शेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

विजेता सुरजले नगद २० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने महिला विजेता पुष्पाले नगद २० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरिन् ।

प्रथम हुने यी दुवै पुरुष र महिला धावक धाविकाले हङकङमा सन् २०२६मा हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने भएका छन् ।

प्रतियोगितामा पुरुष तर्फ दोस्रो हुने ओशन राईले ३६ मिनेट २ सेकेन्डमा र तेस्रो हुने स्काई लिम्बुले ३६ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

महिलातर्फ दोस्रो हुने दिपा बस्नेतले ४७ मिनेट ४४ सेकेन्डमा र तेस्रो हुने इन्द्रकला नेम्वाङ निक्कीले ४८ मिनेट ४२ सेकेन्डमा दुरी पार गरी उपाधि हासिल गरेका थिए । दोस्रो र तेस्रो उपाधि विजेता महिला तथा पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार, ५ हजार, सहित मेडल प्राप्त गरे ।

यता भेट्रान पुरुष तर्फ प्रथम विजय कुमार राई, दोस्रो मङ्गल तामाङ,राजु तामाङ भए ।भने भेट्रान महिला तर्फ प्रथम जमुना लिम्बु दोस्रो कुसुम लिम्बु भएका थिए ।

विजेता तथा उपविजेताहरुलाई समापनका सभापति महेन्द्रकुमार राई, २० नं. वडाका अध्यक्ष पदम लिम्बुले पुरस्कार प्रदान गरे।

प्रतियोगिता धरान १८ स्थित रत्न चौकवाट सुरु भएको थियो । चौकवाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर,तेह्रथुम, पाँचथर, धनकुटा लगायत जिल्लाबाट ७ सय बढीको सहभागीता रहेको थियो ।

विश्वयुृद्ध लडेकालाई सम्मान

उक्त अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्व ब्रिटिस गोर्खा सैनिक दल बहादुर राई र रत्न चौक निवासी ज्येष्ठ नागरिकहरूलाई सम्मान अभिनन्दन गरिएको छ ।
उनीहरूलाई सभापति महेन्द्रकुमार राई, संयोजक धरान १८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाँधिदिएका थिए । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग थियो ।
दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic