एसइई परीक्षाको तयारी पुरा पाँच लाख बढी विद्यार्थी सहभागी हुने परिक्षा ७ चैतदेखि

  • चैत ४, २०८१
  • १,७९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३ चैतः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि देशभर एकसाथ सुरु हुने एसइईका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका तथा अन्य आवश्यक सामग्री सम्बन्धित जिल्लामा पठाइसकिएको छ।

गत वर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थी संख्या ४९ हजार २८६ ले बढेर ५ लाख १४ हजार ७१ पुगेको छ। परीक्षाका लागि देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा व्यवस्थापन र विशेष केन्द्रहरू

परीक्षामा १५० जना सम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तोकिनेछ भने प्रत्येक २० विद्यार्थीका लागि एक जना निरीक्षक रहनेछन्। ७५ जना भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष रहने छैन।

यस वर्ष तीनवटा विशेष परीक्षा केन्द्र तोकिएका छन् – काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृह। साथै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआईभी संक्रमित विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको छ।

परीक्षा तालिका

परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म सञ्चालन हुनेछ।

चैत ७ – अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्या श्रमको अनिवार्य संस्कृत, मदरसातर्फ अनिवार्य अरबी भाषा
चैत ८ – अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि इलेक्टिभ इङ्ग्लिस
चैत १० – अनिवार्य गणित
चैत १२ – अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृतका विभिन्न विषय
चैत १३ – अनिवार्य सामाजिक
चैत १४ – ऐच्छिक प्रथम
चैत १५ – ऐच्छिक द्वितीय

नतिजा र लक्ष्य

यस वर्ष पनि परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिनेछ।

परीक्षा नियन्त्रण कार्यालयले उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ, जुन २०८० सालमा ४८ प्रतिशत मात्र थियो।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic