साना किसान कृषि सहकारिद्धारा कृषकलाई कृषि सामाग्री हस्तान्तरण

  • चैत ५, २०८१
  • २,२८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ चैतः साना किसान कृषि सहकारि संस्था लि.धरानले कृषकहरुलाई कृषि सामाग्रि हस्तान्तरण गरेको छ ।

सहकारीले कृषकहरुलाई कृषि कार्यका लागि आवस्यक पर्ने स्प्रे टंकि र मिनि पावर टिलर वितरण गरेको हो ।

कृषि उत्पादनमा कृषि औजारको सहयोगले कृषि व्यवशायलाई थप नया उचाईमा पुग्ने धरानका उपप्रमुख अइन्द्र विक्रम वेघाले वताए ।

साना किसान कृषि सहकारिबाट संचालन गरेका कार्यक्रमहरुले शेयर सदस्यहरुलाई ठूलो मद्धत पुगेको वताए ।

कुनै पनि विपतमा सधै साना किसानआफ्ना सदस्यहरुको एक अभिभावक,एक दरिलो खम्वा वा ढालको रुपमा उभिरहेको महसुस गरेको बताए ।

धरान उपमहानगरपालिका वडा नं. ४,५ र ६ वडाका कृषक शेयर सदस्यहरुलाई स्प्रे टंकि र मिनि टिलर वितरण गरेको संस्थाका व्यवस्थापक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

साना किसान कृषि सहकारि संस्था लि धरानले गत वर्ष पनि सदस्यहरुलाई कुटि काट्ने चाफ कटर र स्प्रे टंकि वितरण गरेको थियो ।वर्षेनि संस्थाले आफ्नै श्रोतमा उच्च गुणस्तरिय कृषि सामाग्रि किसानहरुलाई लागत साझेदारिमा वितरण गरिरहेको श्रेष्ठ भनाई रहेको छ ।

संस्थाले तालिम तथा प्राविधिक सेवा,जोखिम व्यवस्थापन साथै लागत साझेदारिमा कृषि औजार हस्तान्तरण सेवा तथा विउविजन उपलव्ध गराउदै आईरहेको संस्थाका प्रवन्धक विष्णु कुमार श्रेष्ठ जानकारी दिए ।

संस्थाले सहुलियत दरमा कर्जा लगानि गरि किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको वजारिकरण समेत गर्न थालेको थप जानकारी दिएकाछन् ।

संस्थाका अध्यक्ष शिला राईको अध्यक्षतामा भएको सो कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथि रहेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic