हिविस्कस वोडिङ स्कुलले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने

  • चैत १८, २०८१
  • १२,७२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको छ ।

स्कुलले यस वर्षको नयाँ शैक्षिक शत्रदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको हो ।

स्कुलले वार्षिक कार्यतालिका नै वनाएर पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको स्कुलले जनाएको छ ।

स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले यस वर्षबाट हरेक हप्ताको शुक्रवार पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक शुक्रवार विद्यार्थीहरुले पुस्तक लिएर विद्यालय आउनु पर्ने छैन ।शुक्रवार विद्यार्थीहरुलाई विभिन्न कृयाकलापहरु गराइने छ।

योसंगै विद्यार्थीहरुलाई जेठ र असार महिनामा पव्लिक स्पिकिङ,वादविवाद,गायन,नृत्य लगायतका लगाएतका विषयहरूमा तालिम दिई साउन महिनाबाट प्रतिस्पर्धा उतारिने छ

अतिरिक्त कक्षा लिएका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्नको लागि साउन महिना देखि विद्यार्थीहरुवीच हरेक कार्यक्रमको प्रतियोगिता गराएर उनीहरु भित्रको प्रतिभा
प्रष्फुटन गराई अन्य प्रतियोगिताहरु विजेता वन्न सक्ने दक्ष विद्यार्थी उत्पादन गरीने निर्देशक राईको भनाई रहको छ ।

स्कुलले यस वर्ष एकल महिलाका छोरा छोरीहरुले पनि वोडिङ स्कुल पढने अवसर
प्राप्त होस भन्ने उदेश्यले भर्ना शुल्कमा ४० प्रतिशत छुट गरीएको निर्देशक राईले जानकारी दिएकाछन् ।

त्यसैगरी स्कुलले भर्नाका लागि लिइने इन्ट्रान्स परिक्षामा उत्कष्ट अंक ल्याउने विद्यार्थीहरुलाई भर्ना शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

चैत महिना भित्रमा भर्र्ना गरेको खण्डमा भर्ना शुल्कमा १२ प्रतिशत छुट गरीएको र वैशाख ७ गतेभित्रमा भर्ना गर्र्दा १० प्रतिशत छुट गरीएको स्कुलले जनाएको छ ।

स्कुलले असोज महिना देखि स्मार्ट कक्षा संचालन गर्ने योजना वनाएको र शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी वनाउदै लाने तयारी गरेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि स्कुलले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नहटने राईको दावी रहेको छ ।

 

 

 

 

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic