रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

  • चैत २३, २०८१
  • ७६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ ।

मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए ।

NEWS PHOTO = 2 सो अवसरमा बालवालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा खेलकुद तथा विभिन्न कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपाकिलाका उपप्रमुख अइन्द्र विक्रम वेघाले विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।

प्रिप्राइमरीबाट उर्तीण भई कक्षा १ जान सफल भएका १३ जना विद्यार्थीहरुलाई दिक्षित गरीएको थियो ।

दिक्षित विद्यार्थीहरुलाई प्रमुख अतिथि वेघाले मेडल लगाएर पुरस्कृत गरेका थिए ।

कार्यक्रममा वेघाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।

मन्टेश्वरीमा १ सय भन्दा वढी विद्यार्थीहरु अध्ययनरत रहेको मन्टेश्वरीका निर्देशक राजेन्द्र गिरीले जानकारी दिएकाछन् ।

कार्यक्रममा आरोही कार्की र श्रीनिका ढुङ्गानाले गरेका थिए ।

कार्यक्रममा संचारकर्मी तिर्थ कार्कीले विद्यार्थीहरुको कला र प्रतिभाको प्रशंसा व्यक्त गर्दै उज्वल भवियको कामना गरेका थिए ।

मन्टेश्वरी संचालक दिपक घिमिरेले कार्यक्रमको संचालन गरेका थिए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic