होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने विद्यार्थीहरुको लेखन र वौद्धिकतामा दोव्वर वृद्धि हुने प्रिन्सिपलको दावी

  • चैत २४, २०८१
  • ६,०४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रमको नाम रिडिङ कल्चर अर्थात पढने संस्कारको विकासले विद्यार्थीहरुको पुस्तक अध्ययन र खरीदमा रुची वढनुका साथै मोवाइलको लत हटाउने एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङको दावी रहेको छ ।

एकेडेमीले कक्षामा पढाई हुने कितावी कोर्ष बाहेक नया कार्यक्रम संचालन गर्न लागेको हो ।

एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले कक्षाका विषय अन्र्तगतका पुस्तकहरुको वाहेक हरेक दिन एक घण्टी अन्य विषय पढाई हुने जानकारी दिनुभएको छ ।

holigarden news photo = 2 गुरुङका अनुसार हरेक दिन पहिलो हप्ता सात दिनसम्म नेपाली र दोस्रो हप्ता अंग्रेजी गरी कोर्ष बाहेकका पुस्तकहरु पढाई हुनेछन् ।

यो कार्यक्रमबाट विद्यार्र्थीहरुमा रहेको मोवाईलको लत हटाउनको लागि मद्धत पुग्नुका साथै कोर्षको किताव वाहेक अन्य पुस्तक पत्र पत्रिका पढने बानीको समेत विकास हुने प्रिन्सिपल गुरुङको भनाई रहेको छ ।

गुरुङले भन्नुभयो– यो कार्यक्रमले विद्यार्थीहरुमा पढने वानी वस्नुका साथै वौद्धिक क्षमतामा वृद्धि,लेखन शैली, भाषामा सुधार र अध्ययनशील हुने वातावरण हुन्छ ।

यो कार्यक्रम कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि संचालन गरीनेछ ।

पाठ्य पुस्तक वाहेक अन्य कोर्ष कसरी पढाउने र त्यसको तालिका कसरी वनाउने भन्ने विषयमा एकेडेमीमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई तीन दिन वाहिरबाट दक्ष जनशक्ति ल्याएर तालिम संचालन गरीरहेको प्रिन्सिपल गुरुङले जानकारी दिनुभयो ।

यसरी संचालन गरीने कार्यक्रम उपत्यका वाहिर नै धरानका पहिलो भएको प्रिन्सिपल गुरुङको दावी रहेको छ ।

त्यसैगरी कक्षा ४ र ५ मा अभ्यास गणित शिक्षण कार्यक्रम पनि संचालन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्र्तगत विद्यार्थीहरुले अन्य कोर्ष पढेपछि विभिन्न कुराहरु लेख्न सक्ने क्षमताको विकास हुनुका साथै यसरी विद्यार्थीहरुले लेखेका सामाग्रीहरुलाई संकलन गरी कफि हाउस कार्यक्रमको आयोजना गरी पुस्तकको रुपमा विमोचन गरीने गुरुङको भनाई रहेको छ ।

विद्यार्थीहरुको पुस्तक अध्ययन र खरीदमा रुची वढने पनि गुरुङको दावी रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic