होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने विद्यार्थीहरुको लेखन र वौद्धिकतामा दोव्वर वृद्धि हुने प्रिन्सिपलको दावी

  • चैत २४, २०८१
  • ५,९५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रमको नाम रिडिङ कल्चर अर्थात पढने संस्कारको विकासले विद्यार्थीहरुको पुस्तक अध्ययन र खरीदमा रुची वढनुका साथै मोवाइलको लत हटाउने एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङको दावी रहेको छ ।

एकेडेमीले कक्षामा पढाई हुने कितावी कोर्ष बाहेक नया कार्यक्रम संचालन गर्न लागेको हो ।

एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले कक्षाका विषय अन्र्तगतका पुस्तकहरुको वाहेक हरेक दिन एक घण्टी अन्य विषय पढाई हुने जानकारी दिनुभएको छ ।

holigarden news photo = 2 गुरुङका अनुसार हरेक दिन पहिलो हप्ता सात दिनसम्म नेपाली र दोस्रो हप्ता अंग्रेजी गरी कोर्ष बाहेकका पुस्तकहरु पढाई हुनेछन् ।

यो कार्यक्रमबाट विद्यार्र्थीहरुमा रहेको मोवाईलको लत हटाउनको लागि मद्धत पुग्नुका साथै कोर्षको किताव वाहेक अन्य पुस्तक पत्र पत्रिका पढने बानीको समेत विकास हुने प्रिन्सिपल गुरुङको भनाई रहेको छ ।

गुरुङले भन्नुभयो– यो कार्यक्रमले विद्यार्थीहरुमा पढने वानी वस्नुका साथै वौद्धिक क्षमतामा वृद्धि,लेखन शैली, भाषामा सुधार र अध्ययनशील हुने वातावरण हुन्छ ।

यो कार्यक्रम कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि संचालन गरीनेछ ।

पाठ्य पुस्तक वाहेक अन्य कोर्ष कसरी पढाउने र त्यसको तालिका कसरी वनाउने भन्ने विषयमा एकेडेमीमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई तीन दिन वाहिरबाट दक्ष जनशक्ति ल्याएर तालिम संचालन गरीरहेको प्रिन्सिपल गुरुङले जानकारी दिनुभयो ।

यसरी संचालन गरीने कार्यक्रम उपत्यका वाहिर नै धरानका पहिलो भएको प्रिन्सिपल गुरुङको दावी रहेको छ ।

त्यसैगरी कक्षा ४ र ५ मा अभ्यास गणित शिक्षण कार्यक्रम पनि संचालन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्र्तगत विद्यार्थीहरुले अन्य कोर्ष पढेपछि विभिन्न कुराहरु लेख्न सक्ने क्षमताको विकास हुनुका साथै यसरी विद्यार्थीहरुले लेखेका सामाग्रीहरुलाई संकलन गरी कफि हाउस कार्यक्रमको आयोजना गरी पुस्तकको रुपमा विमोचन गरीने गुरुङको भनाई रहेको छ ।

विद्यार्थीहरुको पुस्तक अध्ययन र खरीदमा रुची वढने पनि गुरुङको दावी रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic