हिबिस्कस इङ्लिस बोर्डिङ स्कूल गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि पुस्तक रहित कक्षा हिविस्कसको यस वर्षको नयाँ कार्यक्रम

  • चैत २७, २०८१
  • ७३१ पटक पढिएको
  • छाल खबर
alt

चिनारी ः
२०६३ सालमा स्थापना भएको हिबिस्कस इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थीलाई समयानुकुल प्राविधिक, व्यवहारिक र प्रयोगात्मक तथा बालमैत्री शिक्षा दिंदै आएको छ ।

धरानको शिक्षा क्षेत्रमा छोटो समयमै अलग्गै छाप छोड्न सफल हिबिस्कसले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलाप मार्फत व्यक्तित्व विकासमा जोड दिंदै जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको छ । अनुभवी शिक्षक मार्फत व्यवहारिक शिक्षा दिएर विद्यार्थीलाई उसको रुचीको क्षेत्रमा मार्ग दर्शन गरेर भविष्यका लागि सक्षम तथा दक्ष जनशक्ती तयार पार्नु हिबिस्कसको उद्देश्य हो ।

हिबिस्कसले स्थानीय शिक्षक मात्र नभई विदेशी शिक्षकहरुबाट समेत अनुभव आदान–प्रदान गरेर विद्यार्थीलाई सहज रुपमा बुझाउने शिक्षण विधि प्रयोग गर्दै आएको छ । विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी विषयवस्तु अनुसार विभिन्न क्षेत्र, स्थान र भूगोलको अवलोकन गराई बाह्य ज्ञानसमेत दिनु हिबिस्कस स्कूलको अर्को विशेषता हो । विद्यार्थीलाई ऐतिहासिक र पुरातात्विक स्थल, बालगृह, वृद्धाश्रम, सरकारी कार्यालय लगायतको अवलोकन गराउने, गरिब दुःखी, असहायलाई सहयोग र राहत उद्धार जस्ता कार्यमा सहभागी गराएर समाजप्रतिको दायित्व बुझाउने जस्ता कार्यका कारण विद्यार्थी र अभिभावक हिबिस्कस प्रति आकर्षित हुँदै आएका छन् ।

अतिरिक्त क्रियाकलाप

विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्ने उद्देश्य स्कुलले वार्षिक क्यालेन्डरमा समावेश गरेर विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । ति निम्न प्रकार छन् ः

क) हिबिस्कस क्विज मेनिया ः

विद्यार्थीहरुको बौद्धिक क्षमता विकास तथा प्रस्फुटन गर्ने उद्देश्यले हिबिस्कसले आफ्ना विद्यार्थी मात्र नभई सुनसरी जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयलाई सहभागी गराएर क्विज मेनिया गराउँदै आएको छ ।

ख) हिबिस्कस सिङ्गीङ आईडल ः

विद्यार्थीको गायन कला पहिचान र प्रोत्साहन गर्नका लागि स्कुलका विद्यार्थी बीच गायन प्रतिष्पर्धाका रुपमा यो कार्यक्रम आयोजना गर्दै आएको छ । यसबाट गायनमा रुची भएका बालबालिकालाई सोहि क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरिन्छ ।

ग) हिबिस्कस डान्सिङ आईडल ः

नृत्य क्षेत्रमा रुची र क्षमता भएका विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने मञ्चका रुपमा आयोजना गरिने यस कार्यक्रममा धरान उपमहानगरपालिका भित्रका विद्यार्थीहरु सहभागी गराईन्छ ।

घ) देउसी भैलो प्रतियोगिता ः

पछिल्लो समय हराउदै गएको मौलिक संस्कृति देउसी–भैलो बारे विद्यार्थीलाई बुझाउने उद्देश्यले हरेक वर्ष देउसी–भैलो प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

ङ) हिबिस्कस बाल क्लब

स्कूलमा विद्यार्थीहरुले बाल क्लब सञ्चालन गर्दछन् । यस क्लब मार्फत उनीहरुले बालअधिकार लगायत बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जसबाट उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुग्छ ।

त्यस्तै हिबिस्कसमा ह्यान्ड राईटिङ, वादविवाद प्रतियोगिता, बजारमा सामग्री खरिदसम्बन्धि ज्ञान, विभिन्न कला तथा विज्ञान प्रदर्शनी जस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् ।

खेलकुदमा हिबिस्कस ः

हिबिस्कसमा खेलकुदलाई पनि उच्च प्राथमिकता दिएर तेक्वान्दो, फुटबल, टेबलटेनिस, फुटसल जस्ता खेल प्रशिक्षण र प्रतियोगीता सञ्चालन गरिंदै आएको छ ।

छात्रवृत्तिको व्यवस्था ः

यस स्कुलले कक्षामा प्रथम, द्वितीय तृतीय हुने विद्यार्थीलाई विशेष छुट दिंदै आएको छ । साथै विभिन्न अतिरिक्त विधाहरुमा जस्तै ः खेलकुद, गायन, नृत्य आदिमा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति स्वरुप विशेष छुटको व्यवस्था हुँदै आएको छ ।

हिबिस्कस नै किन रोज्ने ?

–गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाई
–अनुभवी शिक्षक र कुशल व्यवस्थापन
–आधुनिक सुविधा सम्पन्न विज्ञान र कम्प्यूटर प्रयोगशाला
–अनुकुल वातावरण
–सफलताको इतिहास
–समय सापेक्षा शिक्षा
–विद्यार्थीलाई बीमा सुविधा
–कमजोर विद्यार्थीहरुलाई निः शुल्क अतिरिक्त कक्षा

– STEAM Education Class, Learning with doing, Project based Learning जस्ता सिद्धान्तमा आधारित शिक्षा ।

–आधुनिक विधिको प्रयोग ः ICT को माध्यमबाट विद्यार्थीलाई पठन पाठन गराईने ।

–स्वीडेनका अवकास प्राप्त शिक्षक जोन डेनिस ज्याकले वर्षेनी करिब १५ दिन आप्ना अनुभव सुनाउँदै शिक्षण कला आदान–प्रदान गर्ने ।

+2 मा कानुन, विज्ञान र व्यवस्थापन

वर्तमान समयमा कानुनी ज्ञान सबैका लागि अपरिहार्य बन्दै गएको अवस्थामा हिबिस्कसले २०७९ सालदेखि धरानमै पहिलोपटक कक्षा–११ र १२ मा कानून विषय अध्यापन गराउँदै आएको छ ।

त्यस्तै विज्ञान संकायमा पनि पठन पाठन हुँदै आएको छ भने २०८२ सालदेखि कक्षा ११ र १२मा कम्प्युटर म्यानेज्मेन्ट र म्यानेज्मेन्ट समेत सञ्चालन हुने छ ।

+2 मा कानुन नै किन ?

समय सापेक्ष शिक्षा वर्तमान आवश्यकता बन्दै गएको बेला हिबिस्कसले पनि प्राविधिक धार तर्फ फड्को मारेको छ । छोटो समयको शिक्षा पछि सजिलै रोजगारी पाउन सकिने र स्वरोजगारितामा समेत जोड दिँदै कक्षा ११ र १२ मा कानुन विषयलाई प्राथमिकता दिइएको छ ।

फाईदाहरु

–कानुनी व्यवस्था बारे प्रारम्भिक ज्ञान
–आलोचनात्मक सोंचको विकास
–संवाद क्षमताको विकास
–कानुनी करियरका लागि तयारी
–अधिकार र कर्तव्य बारे जागरुकता
–नैतिक सोंचको विकास
–विविध पेशामा उपयोगी

अवसरहरु ः
–वकालत
–न्यायिक सेवा
–सरकारी कानुनी सेवा
–कर्पोरेट क्षेत्र
–मानव अधिकार तथा सामाजिक न्याय क्षेत्र
–गैर सरकारी संस्थामा काम गर्न सकिने
–कुटनीतिक तथा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रका अवसर
–शिक्षा तथा अनुसन्धान

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic