बिजनेस एक्स्पो नाफामा ५ करोडको कारोबार भएको आयोजकद्धारा जानकारी

  • चैत २८, २०८१
  • १,३४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले आयोजना गरेको विजनेश एक्स्पो नाफामा रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकले पत्रकार सम्मेलन दिएको दिएको जानकारी अनुसार २ लाख ५८ हजार ८८५ रुपैयाँ आम्दानी भएको छ ।

आयोजकले विहिवार पत्रकार सम्मेलनगरी माघ २६ देखी फागुन १० सम्म १५ दिन चलेको ‘बिजनेस एक्स्पो २०८१’मा कुल ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष शिवराज श्रेष्ठले ‘एक्स्पो धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको बताए ।

पत्रकार सम्मेलनमा वोल्दै आयोजक समितिका अध्यक्ष श्रेष्ठले ६९ लाख ३२ हजार ५७० रुपैयाँ आम्दानी भएको र खर्च कटाएर कुल २ लाख ५८ लाख ८ सय ८५ रुपैया वचत भएको छ ।

एक्स्पोको आयोजना बापत स्थानीय सरकार सहितलाई कुल राजश्व ५ लाख ४२ हजार ५०० रुपैयाँ गरिएको छ । विद्युत् खर्च १ लाख ११ हजार ६२५ रुपैयाँ भएको छ भने विद्युत् अनियमितता हुने जोखिमका कारण सञ्चालन गरिएको डिजेल जेनेरेटरमा २ लाख ३ हजार २६७ रुपैयाँ खर्च भएको छ ।

पत्रकार सम्मेलनमा एक्स्पोका मूल संयोजक राजेश अग्रवालले एक्स्पोको सफलताले महासङ्घलाई पुनः व्यापार उत्सव आयोजना गर्न उत्साहित गरेको बताए । उपाध्यक्ष टङ्ककुमार गुरुङ पहिलो पटक आयोजना गरिएको एक्स्पोबाट धेरै अनुभव हासिल भएको बताइन् ।

BINESS EXPO

 

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic