पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छात्रवृत्ति बितरण सम्पन्न

  • चैत ३०, २०८१
  • २,२८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प्रदान गरीदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार नदिरा राई र फोनिक्स राईलाई प्रदान गरीएको छ ।

नदिरा कक्षा १उर्तीण गरी कक्षा २ मा गएकाछन् भने फोनिक्स कक्षा २ उर्तीण गरी कक्षा ३ मा प्रवेश गरेका अनुशासित र जेहेन्दार विद्यार्थी हुन ।

स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै आएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले जानकारी दिनुभयो ।

शनिवार स्कुलको ३१ औ बार्षिकोत्सव, छात्रवृत्ति बितरण तथा नतिजा शप्रकाशन कार्यक्रम मार्फत सो पुरस्कार वितरण गरीएकोस थियो ।

दुवैलाई नगद दश÷दश हजारका दरले पुरस्कार राशी प्रदान गरीएको थियो ।

स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा १९ नम्बर वडाकै ज्येष्ठ नागरिक १०२ बर्षिय नर बहादुर लिम्बु प्रमुख अतिथि रहनु भएको थियो ।

समाजका ज्येष्ठ ब्याक्तित्वलाई सम्मान गर्न नर बहादुर लिम्बुलाई प्रमुख अतिथि बनाएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले बताउनु भयो ।

सो अवसरमा अग्रजलाई सम्मानका लागि जेष्ठ नागरीक नरबहादुर लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

PARBAT SCHOOL NEWS PHOTO = 2 स्कुलका निर्देशक डा. दिलकुमार लिम्वुले जेष्ठ नागरीक नरबहादुर लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार बितरण गरिनुका साथै बार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो।

PARBAT SCHOOL NEWS PHOTO = 3 सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, कराते, बक्तृत्वकला लगायतका विभिन्न अतिरिक्त कृयाकलापहरुमा स्कुलको प्रतिनिधित्व गर्दै अन्य ठाउमा सहभागीता जनाएर बिजेता बन्न सफल बिद्यार्थीहरुलाई भाईस प्रिन्सिपल होम प्रसाद लिम्बुले मायाको चिनो र खदा लगाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
स्कुलका निर्देशक दिल बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक प्रबेग हाङ्स्रोङ लिम्बुले गर्नुभएको थियो ।

स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले स्कुलले ७० जना जना विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic