एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

  • चैत ३०, २०८१
  • ५९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशि प्रदेस स्तरीय (एस.ई.ई.) स्पिकर–२०८१, सिजन–५ को शुक्रवार सम्पन्न पहिलो चरणको अडिसनबाट ३७ जना प्रतिष्पर्धीहरु छनोट भएका छन ।

–याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगितामा सहभागि ४८ जनामध्ये ३७ जना दोश्रो चरमा प्रबेश गरेका हुन।

दोश्रो चरणमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समिक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका रोजा कडेल, जिज्ञासा भट्टराई, साक्षी मिश्र, आयुषा पौडेल, सृष्टि राई र अनुप झा रहेका छन।

यसगरी हिबिस्कस इङलिस बोर्डिङ बाट दिबिका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल पानबारी बाट लोचना सिग्देल र निशान बिश्वकर्मा, सरस्वती मा.वि.पानबारीकै बिबेक राई, निर्मला भण्डारी, दीपा चर्मकार र आयुषा आचार्य, शिक्षा सन्देस सेकेन्डरी बोर्डिङबाट गुन्जल लुइँटेल दोश्रो चरणमा प्रबेश गरेका छन।

दोश्रो चरणमा प्रबेश गर्ने अन्यमा होली बेल इङलिस सेकेण्डरी स्कुल झापाका आबिस्कार राउत, इटहरीको बेबिलोन सेकेण्डरी बोर्डिङका होमिता पोख्रेल,भरोल बाल मन्दिर इङ्लिस स्कुल बराहक्षेत्रकी सलिना राई, ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेल, पर्बत सेकेन्डरी स्कुल धरानका निङ्साङ लिम्बु र पिक्सि राई, डिपोट सेकेन्डरी स्कुलकी रोशनि नेपाल, कार्मेल हाईस्कुलकी पुजा लिम्बु र सुलक्षा खड्का रहेका छन ।

त्यस्तै भानु स्मृति मा.वि.धरानका प्रतीक्षा तामाङ, सियोन स्कुलकी सोनिया राई र स्मृति राई, के.क.इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, राधिका मा.वि. उर्लाबारी मोरङका बिक्रम खड्का, जेम सेकेण्डरी बोर्डिङ धरानका सन्जिना राई, सुनाखरी एकेडेमीकी नाबिया सरखाना र दिप्सा लिम्बु, सुनगाभा इङलिस बोर्डिङका सोनिया राई, स्मृति राई र आशिका लिम्बु दोश्रो चरणमा प्रबेश गरेका छन। प्रतियोगिता धरान–३,सदन रोड स्थित प्रा।लि।को कार्यालयको हलमा भएको थियो।

प्रतियोगिताका निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा।बि।का शिक्षक टंक प्रसाद भट्टराई थिए।

प्रतियोगीहरुले ूबिद्यार्थी र देशको भबिष्यू र ूलागु औषध दुर्ब्यसन नियन्त्रणमा युवाको भुमिकाू शिर्षकमध्ये एउटा शीर्षक छानेर बोलेका थिए।प्रतियोगिताका बिजेताले ५५ हजार नगद, प्लस टु अध्ययनका लागि धरानमा शत प्रतिशत छात्रबृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यसैगरी फष्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशस् २५ हजार र १० हजार नगद, धरानमा प्लस टु अध्ययनका लागि ६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रा।लि। का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

एसईई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयको सदुपयोग गर्दै ब्यक्तित्व, नेतृत्व र वाककलाको बिकास गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष कार्कीले जानकारी दिए।

दोश्रो चरणको प्रतियोगिता आगामि २०८२ साल बैशाख–६ गते शनिवार हुने आयोजकले जनाएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic