शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्सव सम्पन्न

  • चैत ३१, २०८१
  • ८९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले वार्षिक उत्सवका अवसरमा चारजना शिक्षकहरुलाई सम्मान गरेको छ ।

स्कुलले शनिवार एक कार्यक्रमका वीच शिक्षकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा जुनाहाङ्ग राई,सौगात राई,ललिता ल्वागुन र सुप्रिया शाह रहेकाछन् ।

सम्मानित शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले सम्मान–पत्रले सम्मान गरेका थिए ।

EKWA NEWS PHOTO= 2 शिक्षकहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक अनिश राईले वताउनु भयो ।

यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने निर्देशक राईले वताउनु भयो ।

सो अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरीएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न अतिरिक्त कृयाकलापहरु गरेर अतिथि तथा अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।

EKWA NEWS PHOTO= 3 कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
स्कुलका निर्देशक अनिश राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क लिम्वुले गरेका थिए ।

EKWA NEWS PHOTO = 4 विद्यार्थीहरु र अभिभावकको सन्तुष्टी नै हाम्रो चाहाना भन्ने नाराका साथ स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै आएको निर्देशक राईको भनाई रहेको छ ।

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic