क्रियटिभ स्कुल सर्कलद्धारा ५०जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम

  • वैशाख ६, २०८२
  • २,०७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६,वैशाखः क्रियटिभ स्कुल सर्कल धरानले १० विद्यालयका शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम सम्पन्न गरेको छ ।

सर्कलले धरानका १० विद्यालयका ५० जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम दिएको हो ।

तालिममा धरानका हिविस्कस इङ्लिस वोडिङ स्कुल,धरान इङ्लिस वोडिङ स्कुल,डिपी विलभर्स वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी,वुद्ध आर्दश वोडिङ स्कुल,आवर होम स्कुल,जोलसाया एकेडेमी,एप्पल मन्टेश्वरी र एक्वा सेकेण्डरी वोडिङ स्कुल गरी ५० जना शिक्षिकाहरु सहभागी भएको सर्कलका धरान अध्यक्ष गंगाराम राईले जानकारी दिनुभयो ।

एप्पल मन्टेश्वरीमा विहिवार र शुक्रवार भएको दुइदिने तालिममा निर्मला पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

बालमनोविज्ञान अनुसार शिक्षण विधि अपनाउनका लागि सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरीएको र यो तालिमले विद्यालयमा पढाउनका लागि थप सहज हुने अध्यक्ष राईको भनाई रहेको छ ।

स्कुलको प्रारम्भिक जग भनको नै मन्टेश्वरी कक्षा भएकोले शुरुको जग नै वलियो भयो भने विद्यार्थीहरुको भविष्य उज्वल हुने उहाले वताउनुभयो ।

तालिममा लिएको शिक्षा र सीपलाई आफ्नो विद्यालयमा गएर प्रभावकारी ढंगले कार्यान्वयन गर्न र व्यहारमा उतार्न कार्यक्रम संयोजक प्रतिक्षा वान्तवाले सुझाव दिनुभएको थियो ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic