एसईई स्पिकरमा २३ जना छनौट

  • वैशाख ८, २०८२
  • ७७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ वैशाखः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस।ई।ई। स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन् ।

याडिकल लाइट नेपाल प्रा।लि। धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्।

सेमिफाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरी की समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान की सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल की जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल छन्।

त्यसैगरी, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल बाट दिविका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल, पानबारी का निशान विश्वकर्मा, सरस्वती मा।वि।, पानबारी की निर्मला भण्डारी र आयुषा आचार्य पनि सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्यस्तै, होली बेल इङ्लिस सेकेन्डरी स्कुल, झापाका आविष्कार राउत, बेबिलोन सेकेन्डरी बोर्डिङ, इटहरी की होमिता पोख्रेल, भरोल बाल मन्दिर इङ्लिस स्कुल, बराहक्षेत्रकी सलिना राई, ब्लुम नेपाल स्कुल, इटहरीका शुभम पोख्रेल, पर्वत सेकेन्डरी स्कुल, धरान का निङ्साङ लिम्बु र पिक्सि राई, डिपोट सेकेन्डरी स्कुल की रोशनी नेपाल, कार्मेल हाईस्कुल की पूजा लिम्बु, भानु स्मृति मावि, धरान की प्रतीक्षा तामाङ, सियोन स्कुल की सोनिया राई, के.के. इन्टरनेसनल स्कुलकी तपस्या भण्डारी, जेम सेकेन्डरी बोर्डिङ, धरान की सन्जिना राई र सुनाखरी एकेडेमी की नाबिया सरखाना सेमिफाइनलमा छानिएका छन्।

प्रतियोगिता धरान–३, सदन रोडस्थित प्रा।लि।को कार्यालयको हलमा सम्पन्न भएको थियो।प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र सैनिक आवासीय मा.वि.का अङ्ग्रेजी शिक्षक डिल्लीराम कट्टेल थिए।
विषय प्रतियोगीहरूले नेपालको वर्तमान शिक्षा प्रणालीू,देश विकासमा युवा पुस्ताको भूमिकाू,नेपाली संस्कृतिको संरक्षणमा हाम्रो कर्तव्यू,डिजिटल प्रविधिको प्रभाव वरदान कि अभिशाप जलवायु परिवर्तन र हाम्रो दायित्व,सकारात्मक सोचको शक्तिm,हरेक व्यक्ति इमानदार, समृद्ध राष्ट्रको आधार गरि सात शीर्षकमध्ये एक छानेर बोल्ने अवसर पाएका थिए।

प्रतियोगिताका विजेताले रु।५५,००० नगद, धरानमा प्लस टु अध्ययनका लागि शत–प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसैगरी, फर्स्ट रनर–अपले रु। २५,००० नगद र ६० प्रतिशत छात्रवृत्ति, तथा सेकेन्ड रनर–अपले रु १०,००० नगद र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रालिका अध्यक्ष तिर्थ कार्कीका अनुसार, एसईई दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र वाक्कलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic