अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

  • वैशाख ९, २०८२
  • ५४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले विणा दाहाल खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गर्नुभएको छ ।

त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि काफ्लेले सम्मानितहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

अधिवेशनले उपाध्यक्षहरुमा सृजना नेपाली र विष्णु शर्मा नेपाल सचिवमा माया राई, सहसचिवमा हिरा थान्दार र कोषाध्यक्षमा अनिता उराँव चयन भएकाछन् ।

जिल्लाभरीबाट ३ सय ५० छानिएका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।

अनेमसंघ सुनसरी अध्यक्ष विणा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना नेपालीले स्वागत मन्तव्य र सचिव इन्द्रकला राईले सञ्चालन गर्नु भएको थियो ।

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic