फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम्वु सम्मानीत फुटवलमा आफ्नो भविष्य खोज्दै लकेन

  • वैशाख १४, २०८२
  • १,३४४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक्वुलाई सम्मान गरेको छ ।

क्लवले धरान–१६ ज्ञान विज्ञान चोक स्थित सावाली किचनमा एक कार्यक्रमको आयोजना गरी लिम्वुलाई सम्मान गरेको हो ।

युवा खेलाडीलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको क्लवका अध्यक्ष दिलिप भुजेलले वताउनुभयो ।

FOUCS CLUB NEWS PHOTO =2 उहाँले भन्नुभयो–भाई हाम्रो वडाको पनि भएको र खेल क्षेत्रमा छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले हामीले थप प्रोत्साहन गर्नको लागी सम्मान गरेका हौ ।

सिंगापुरबाट फुटवल क्षेत्रमा प्रवेश गरेका लिम्वुले नेपाल आएपछि धरानबाट पुर्न आफ्नो फुटवलको यात्रालाई निरन्तरता दिएका थिए ।

धरानमा उनले वडास्तरीय प्रतियोगिता देखि विभिन्न मोफसलका गोल्डकप, ए डिभिजन क्लवहरु हुदै भारतको दिल्ली फुटवलबाट समेत आफ्नो खेल कौशलता प्रर्दशन गरीसकेकाछन् ।

लिम्वुले शनिवार सम्पन्न नेपाल सुपर लिगमा झापा फुटवल क्लवकातर्फबाट कप्तानको भूमिका निर्वाह गरेका थिए । हाल उनी राष्ट्रिय टिमका मिड फिल्डरको भूमिकामा खेल्दै नेपाली फुटवललाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउनका लागि उनी उत्कृष्ट कौशलता प्रर्दशन गर्ने तयारीमा रहेकाछन् ।

FOUCS CLUB NEWS PHOTO =3 केही समयपछि हङकङसंग हुने खेलमा नेपालबाट प्रतिष्पर्धा गर्नको लागि तयारी गरीरहेको लिम्वुले वताएकाछन् ।

LAKEN PLAYER लकेनका वुवा श्याम लिम्वु सिंगापुर प्रहरीका सेवा निवृत्त प्रहरी निरीक्षक हुन । वुवा कार्यरत हुँदा उनी पनि सिंगापुरमा नै रहेका थिए ।

लकेनका वुवा श्याम लिम्वुले छोराको फुटवल क्षेत्रबाट आफ्नो भविष्य वनाउने सपनालाई साकार पार्न आफूले जस्तो सुकै मूल्य चुकाउनु परेपनि पछि नपर्ने वताउनुभयो ।

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic