हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्तगत हरेक हप्ता सामाजिक कार्य

  • वैशाख २०, २०८२
  • ७१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप्ता सामाजिक कार्य गर्ने भएको छ ।

स्कुलले यस वर्षदेखि संचालन गर्न लागेको पुस्तक रहित कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गर्न लागेको हो ।

स्कुलले दिएको जानकारी अनुसार हरेक शुक्रवार सामाजिक कार्य गरीनेछ ।

विद्यार्थीहरुलाई समाज के हो सामाजिक कार्य के लाई भनिन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि यस्ता कार्यक्रमहरु शुरु गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताउनु भयो ।

राईका अनुसार हरेक शुक्रवार स्कुलले सरसफाई, हिविस्कस वोडिङ स्कुलले हरेक हप्ता सामाजिक कार्य गर्नेछ ।

बालबालकिालाई सिर्जनात्मक सिकाइ अन्तर्गत हाजिरी जवाफ,बाक्य निर्माण, स्काउट तालिम लगायतका क्रियाकलाप गराइने छ ।

विद्यार्थीहरुलाई विभिन्न जाति र समुदायको संस्कृती र सम्पदा सम्वन्धि समेत जानकारी दिइनेछ ।

पुस्तक रहित कार्यक्रमबाट विद्यार्थीहरू परिपक्व र आत्मविश्वास साथ आफूले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सक्ने क्षमता विकास हुने निर्देशक राईको भनाई रहेको छ ।

पुस्तक रहित शुक्रवार अन्तर्गत असल चरित्र र नेतृत्व विकास,उद्यमशीलता, विप द्व्य वस्थापनमा सम्वन्धित सरोकारवाला निकायसंग कसरी मिलेर काम गर्ने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई व्यहारीक र अभ्यासरत ढंगले सिकाइने स्कुलको भनाई रहेको छ ।
यसका अतिरिक्त योग अभ्यास, सामाजकि सेवा र नेतृत्व विकास, सम्वन्धि समूहमा अभ्यास समेत गराइने तयारी रहेको स्कुलले जनाएको छ ।

यो कार्यक्रमबाट उनीहरु जीवन जीउनका लागी चाहिने व्यवहारीक ज्ञान सिप सिक्नेछन् ।

यसबाट सामूहिक रुपमा कसरी समस्या समाधान गर्न सकिन्छ र आफूसँग सम्बन्धति समस्या आफैँ एक्लै कसरी समाधान गर्न सकन्छि, अरूको सहयोग लिनु पर्दा कसको कसरी सहयोग लिनुपर्छ भन्ने ज्ञान समेत हासिल गर्ने निर्देशक राईको भनाई रहेको छ ।

पुस्तकरहति शुक्रबारका क्रियाकलापले बालमैत्री सिकाईका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानो पनि स्कुलको लक्ष्य रहेको निर्देशक राईले वताए ।

ज्ञान, सिप र सकारात्मक सोच विकासको नतिजा किताबका पानामा होइन, सिकारुको रुचिमा निर्भर हुनेछ ।

आफ्नो हिँड्ने बाटो, परिवार र समाजप्रतकिो दायत्वि, अवलम्बनका कुरा निर्धक्क बोल्न सक्नु ठुलो उपलब्धि भएको स्कुलको भनाई रहेको छ ।

यो कार्यक्रम एकीकृत सिकाई’,सिर्जनात्मक सिकाइ’, शिक्षामा सिप’ सिकाई उपलव्धि प्रविधि कार्यक्रमको नतिजा हो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic