हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्तगत हरेक हप्ता सामाजिक कार्य

  • वैशाख २०, २०८२
  • ५९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप्ता सामाजिक कार्य गर्ने भएको छ ।

स्कुलले यस वर्षदेखि संचालन गर्न लागेको पुस्तक रहित कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गर्न लागेको हो ।

स्कुलले दिएको जानकारी अनुसार हरेक शुक्रवार सामाजिक कार्य गरीनेछ ।

विद्यार्थीहरुलाई समाज के हो सामाजिक कार्य के लाई भनिन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि यस्ता कार्यक्रमहरु शुरु गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताउनु भयो ।

राईका अनुसार हरेक शुक्रवार स्कुलले सरसफाई, हिविस्कस वोडिङ स्कुलले हरेक हप्ता सामाजिक कार्य गर्नेछ ।

बालबालकिालाई सिर्जनात्मक सिकाइ अन्तर्गत हाजिरी जवाफ,बाक्य निर्माण, स्काउट तालिम लगायतका क्रियाकलाप गराइने छ ।

विद्यार्थीहरुलाई विभिन्न जाति र समुदायको संस्कृती र सम्पदा सम्वन्धि समेत जानकारी दिइनेछ ।

पुस्तक रहित कार्यक्रमबाट विद्यार्थीहरू परिपक्व र आत्मविश्वास साथ आफूले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सक्ने क्षमता विकास हुने निर्देशक राईको भनाई रहेको छ ।

पुस्तक रहित शुक्रवार अन्तर्गत असल चरित्र र नेतृत्व विकास,उद्यमशीलता, विप द्व्य वस्थापनमा सम्वन्धित सरोकारवाला निकायसंग कसरी मिलेर काम गर्ने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई व्यहारीक र अभ्यासरत ढंगले सिकाइने स्कुलको भनाई रहेको छ ।
यसका अतिरिक्त योग अभ्यास, सामाजकि सेवा र नेतृत्व विकास, सम्वन्धि समूहमा अभ्यास समेत गराइने तयारी रहेको स्कुलले जनाएको छ ।

यो कार्यक्रमबाट उनीहरु जीवन जीउनका लागी चाहिने व्यवहारीक ज्ञान सिप सिक्नेछन् ।

यसबाट सामूहिक रुपमा कसरी समस्या समाधान गर्न सकिन्छ र आफूसँग सम्बन्धति समस्या आफैँ एक्लै कसरी समाधान गर्न सकन्छि, अरूको सहयोग लिनु पर्दा कसको कसरी सहयोग लिनुपर्छ भन्ने ज्ञान समेत हासिल गर्ने निर्देशक राईको भनाई रहेको छ ।

पुस्तकरहति शुक्रबारका क्रियाकलापले बालमैत्री सिकाईका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानो पनि स्कुलको लक्ष्य रहेको निर्देशक राईले वताए ।

ज्ञान, सिप र सकारात्मक सोच विकासको नतिजा किताबका पानामा होइन, सिकारुको रुचिमा निर्भर हुनेछ ।

आफ्नो हिँड्ने बाटो, परिवार र समाजप्रतकिो दायत्वि, अवलम्बनका कुरा निर्धक्क बोल्न सक्नु ठुलो उपलब्धि भएको स्कुलको भनाई रहेको छ ।

यो कार्यक्रम एकीकृत सिकाई’,सिर्जनात्मक सिकाइ’, शिक्षामा सिप’ सिकाई उपलव्धि प्रविधि कार्यक्रमको नतिजा हो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic