बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष उपेन्द्र यादव

  • वैशाख २०, २०८२
  • ७५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएकाछन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले धरानमा शनिबार कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएकाछन् ।

JASAPA NEWS PHOTO = 2 कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहेको छ ।

प्रदेश नामाकरण कुनै खोला,नाला कुल कुलेसोको आधारमा नामाकरण गर्नु नहुने बताए ।

पहिचान विनाको मानव सभ्यता र समुदाय नहुने तर्क गर्दै तर्क गर्दै नेकपा एमाले र कांग्रेसले पहिचान मेटाउने प्रयास गरेको आरोप समेत लगाएका थिए ।

अव्यवहारीक र अवैज्ञानिक नामाकरण र सिमाङकनलाई पुनःसंरचना आयोगले संरचनाको आधारमा नामाकरण र सिमाङकन गर्ने दावी समेत अध्यक्ष यादवले गरेकाछन् ।

यादवले प्रदेश नामाकरण मात्र होईन ७ वटै प्रदेशको सिमाङकन समेत गलत भएको जिकिर समेत गरेकाछन् ।
यादवले केवलकार निर्माण गरेर मुक्कुलुमको पहिचान मेटाउनु हुदैन भन्ने आफ्नो पार्टीको धारणा रहेको वताउदै केबलकार निर्माण गरे आन्दोलनको विगुल जसपाबाट अझै सशक्त्त हुने चेतावनि समेत दिएकाछन् ।

कोशी नाम र केबलकार खारेज तथा पहिचान कार्यदिशा बिषयक विचार गोष्ठीले पहिचान प्रतिनिधित्व र सामाजीक न्यायको आन्दोलनको बल दिदै बाटो दर्शाउने यादवको भनाई रहेको छ ।

गोष्ठीका अर्का व्यक्ता खगेन्द्र संग्रौलाले प्रदेश पुन नामाकरण गर्न बहुमत हुनु पर्ने बताए ।

संग्रौलाले कोशी नामाकरण खारेजी गर्न कि ठुलै मानव सागरको आन्दोलन भए मात्र कोशी नामाकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याएमात्र सम्भव हुने स्पष्ट पारेका थिए ।

यादवले पहिचानवादी शक्ति एक ठाउमा उभिएर बुहमत ल्याउन आवश्यक रहेको वताए । पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले १ नं प्रदेश पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने वताए ।

गोष्ठीमा वक्ताहरु पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु रहेका थिए । कार्यक्रम सञ्चालन जसपा नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले गरेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic