सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड र ग्रीनल्याण्डको पोल्टामा

  • वैशाख २२, २०८२
  • ५,८६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३वाई ३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट– २०८२ को उपाधि ग्रिनल्याण्ड स्कुल काठमाडौं र होलील्याण्ड स्कुल धरानको पोल्टामा गएको छ ।

धरान–१९ स्थित हरियाली पार्कमा शनिवार सम्पन्न प्रतियोगितामा छात्रतर्फ ग्रीनल्यान्ड स्कुल, काठमाडौं र छात्रातर्फ होलील्याण्ड इन्टरनेशनल स्कुल धरानको पाल्टामा उपाधि गएको हो ।

छात्रतर्फको उपविजेता भने डिपोट सेकेन्डरी स्कुल धरान बन्न सफल वनेको छ ।

छात्रातर्फ भने होलिल्यान्ड इन्टरनेसनल स्कुल धरान (रातो) विजेता र होलिल्यान्ड स्कुल कै (कालो) उपबिजेता वन्न सफल वनेको छ ।

मोस्ट भ्यालुएबल प्लेयरको उपाधि छात्रतर्फ ग्रीनल्यान्डका प्रबिन गुरुङ र छात्रातर्फ होलिल्यान्डकी दीक्षा लिम्बुले प्राप्त गरेकी थिइन ।

छात्रतर्फको विजेताले नगद १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए भने उपबिजेताले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

मोस्ट भ्यालुएबल प्लेयरले २ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

छात्रातर्फ विजेताले १० हजार नगद सहित ट्रफि मेडल र प्रमाण–पत्र हात पारेका थिए भने उपबिजेताले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा २६ विद्यालयका छात्रतर्फको ३० टिम र १२ विद्यालयका छात्राको १३ टिम गरी जम्मा ४३ टिमको सहभागिता रहेको सुनाखरीका एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का अधिकृत छैटौं किशोर साम्बाहाम्फे, स्कुलका निर्देशक प्रदीप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, भाईस प्रिन्सिपल अशोक लिम्बु लगायतले बिजेता र उपबिजेताहरुलाई पुरस्कार तथा प्रमाण–पत्र बितरण गरेका थिए ।
कार्यक्रममा देउराली चिल्ड्रेन एकेडेमीका निर्देशक पृथ्वी राईका मगर, बुद्ध आदर्श इङलिस बोर्डिङका प्रिन्सिपल दिलिप योगी लगायतको उपस्थिति रहेको थियो।

बास्केटबल खेलको विकासमा सहयोग पुर्याउने तथा विद्यार्थी खेलाडीहरुबीच आत्मियता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल मिलन कुमार राईले जानकारी दिए।

प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रिन्सिपल राईले वताए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic