खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

  • वैशाख २७, २०८२
  • १,३२६ पटक पढिएको
  • छाल खबर
alt

डा. अमृत भण्डारी

आयुर्वेदिक चिकित्सक

स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात्रा वा उचित समयमा खाइएन भने त्यसले फाइदा गर्नुको सट्टा हानि पुर्‍याउन सक्छ । त्यसैले कुन खानेकुरा कहिले र कसरी खाने भन्नेबारे जान्नु निकै जरुरी हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरू बेला फाइदाजनक भए पनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर देखिन सक्छ।

कफी

केही मानिसहरू बिहान ओछ्यानबाट उठ्नेबित्तिकै एक कप कफीबाट आफ्नो दिनको सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउनु हानिकारक हुनसक्छ । किनभने कफीले पेटमा ग्यास्ट्रिक एसिडको उत्पादन बढाउँछ । एसिडका कारण पेट दुख्ने र अम्लियपना जस्ता समस्या निम्त्याउन सक्छ । साथै, साँझतिर खाईने कफीमा पाइने क्याफिनले निद्राको चक्रलाई पनि असर गर्छ, जसले अनिद्राको समस्या निम्त्याउन सक्छ ।

बदाम

खाली पेटमा बदाम खाँदा कतिपयलाई पेटको समस्या वा एलर्जी हुनसक्छ । बदाम खाँदा कसै(कसैलाई पेट दुख्ने, ग्यास, अपच र पखालाजस्ता पाचन समस्या हुनसक्छ । बदाममा उच्च फाइबर हुन्छ, जुन केही मानिसहरूलाई पचाउन गाह्रो हुनसक्छ । यस्ता व्यक्तिले खाली पेटमा बदाम खानुहुँदैन ।

दही

दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ । दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लीयपना बढाउँछ । पेटमा अम्लको स्तर बिगार्छ । खाली पेटमा दूधबाट उत्पादन हुने खानेकुराहरूले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ। जसले अम्लियपना बढाउँछ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।

गोलभेँडा

गोलभेँडा खाली पेटमा सेवन गर्नु हुँदैन । यसमा साइट्रिक एसिड पाइन्छ । जसले गर्दा पेटमा उत्पादन हुने ग्यास्ट्रिक एसिडसँग मिलेर पेटमा ग्यास्ट्राईटिसको समस्या पैदा गर्नसक्छ । खाली पेटमा गोलभेँडा खाँदा यसमा भएको एसिडले पेटमा रसायनिक प्रतिक्रिया गराउँछ । यसले पेटमा अघुलनशील जेल निर्माण गर्छ । यस्तो जेलका कारण पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।

कार्बोनेटेड ड्रिङ्क

कुनै पनि प्रकारको कार्बोनेटेड पेय खाली पेटमा पिउनु हुँदैन । यो आफैँमा एसिडिक हुन्छ। यसले एसिडको मात्रा बढ्छ जसले दिनभरि पाचन प्रणाली बिगार्न सक्छ । यस्ता धेरै गुलियो पेयपदार्थ बिहान खाली पेटमा पिउँदा दिनभर चिनीको मात्रा बढ्छ । यसका कारण दिनभर थकित महसुस हुन्छ र कुनै पनि काम गर्न मन लाग्दैन ।

मसलेदार खानेकुरा

कहिले पनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नुहुँदैन । खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले अम्लिय प्रतिक्रिया गराउने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गम्भीर असर पुर्‍याउन सक्छ । बिहान खाली पेटमा खुर्सानीको धुलो, लसुन र प्याज लगायतका मसला र त्यसबाट बनेका खानेकुरा खाएमा पेटमा एसिड रिफ्लक्स (आमाशयबाट खाद्यनलीतिर फर्किने प्रक्रिया) हुनथाल्छ, यसले आन्द्रामा असर गर्छ र पेट दुख्न सक्छ ।

खानपान

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic