प्रथम गोर्खा केरावारी रन सम्पन्न

  • जेठ ३, २०८२
  • ८३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठः गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रथम गोर्खा केरावारी रन सम्पन्न भएको छ ।

केरावारी गाउपालिकाको आर्थिक सहयोगमा शनिवार रन सम्पन्न भएको हो ।

सो रनमा महिला खुल्लातर्फ पुष्पा शेर्मा पाचथर प्रथम वनेकी थिइन भने मोरङ उर्लावारीकी मन्दिरा महतरा दोस्रो वनेकी थिइन ।प्रतियोगितामा धरानकी कल्पना राई तेस्रो वन्न सफल वनेकी थिइन ।

KERABARI RUN NEWS = 1 पुरुष खुल्लातर्फ तेह्थुमका सरोज लिम्वु प्रथम भएका थिए भने धरानका रोशन राई दोस्रो वनेका थिए । प्रतियोगितामा धरान कै रमेश लिम्वु तेस्रो भएका थिए ।

त्यस्तै भेट्रान्स पुरुषतर्फ धरानका विजय राई प्रथम हुन सफल भएका थिए भने धरान कै मंगल तामाङ दोस्रो भएका थिए । धरानका राजु लामा तेस्रो भएका थिए ।
त्यसैगरी भेट्रान्स महिलातर्फ धरानकी जमुना लिम्वु प्रथम हुन सफल वनेकी थिइन भने धरान कै कुसुम लिम्वु दोस्रो भइन । प्रतियोगितामा कौशिला तामाङले तेस्रो उपाधि हात पारेकी थिइन ।

KERABARI RUN NEWS = 2 चोक्टीबाट शुरु भएको सो ७ दशमलव २ किलोमिटर दौड केरावारी वजारमा पुगेर समापन भएको थियो ।

कृषि पर्यटन सहितको पूर्वाधार समृद्ध केरावारी हाम्रो आधार भन्ने मुल नाराका साथ आयोजना गरीएको सो प्रतियोगितामा खुल्लातर्फ प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमस ५हजार ३ हजार र २ हजार नगद मेडल र प्रमाण–पत्र प्रदान गरीएको थियो भने भेट्रान्सतर्फ क्रमस ३ हजार २हजार र १ हजार नगद,मेडल र प्रमाण–पत्र प्रदान गरीएको थियो ।

KERABARI RUN NEWS = 3 प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि केरावारी गाउपालिकाका प्रमुख सुमन मिरीङचिङ मगर, विशेष अतिथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,केरावारी प्रहरी प्रमुख मान वहादुर जिम्वा तामाङ,कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य रोशनी राई, धरान–६ की वडा सदस्य यशोदा सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितालाई गाउपालिकाले आगामी दिनहरुमा पनि सहयोग गर्ने अध्यक्ष मगरले प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमका अध्यक्ष गोर्खा सेमिट्रीज ट्रष्टका अध्यक्ष महेन्द्र राईले माानिसलाई स्वस्थ्य राख्नको लागि दौडको विशेष महत्व हुने बताए । प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिदै जाने वताए ।

 

 

 



 

 

 

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic