धरानमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

  • जेठ ८, २०८२
  • ५,१०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ८ जेठः  खेलकुदको शहर उपनामले परिचित धरानमा धरान व्याडमिन्टन ग्रुपको आयोजनामा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

ग्रुपले वुधवार सावाली किचनमा पत्रकार सम्मेलनगरी प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने वारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता जेष्ठ २३ र २४ गते प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।

संयोजक चाम्लिङले पुरुष युगल तर्फ मेन्स डबल बि लेभलतर्फ प्रथम राशी ५१ हजार, दोश्रो पुरस्कार २७ हजार र तेश्रो पुरस्कार ९ हजार,९हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिए ।

त्यसैगरी उनका अनुसार मिश्रित युगलतर्फ बि लेभल महिला खुल्लातर्फ प्रथम पुरस्कार ३० हजार, दोश्रो पुरस्कार १७ हजार र तेश्रो पुरस्कार ५ हजार र ५हजार साथै मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनेछ ।

आन्तरिक धरान नगर स्तरीय सि लेभलको लागि प्रथम पुरस्कार १५हजार, दोश्रो पुरस्कार १०हजार र तेश्रो पुरस्कार ३हजार र३ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा ४ लाख ५ हजार खर्च लाग्ने अनुमान रहेको छ ।

व्याडमिन्टन ग्रुपका संयोजक मणि चाम्लिङले धरान–१३ अमर सेवा समाजको भवनमा आयोजना गरिने जानकारी गराएका हुन् ।

संयोजक चाम्लिङले प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिँदै कोशी प्रदेशभरि खेल पर्यटन,स्वस्थ जीवनशैली,र आपसी भाइचारा बढाउनु रहेको बताएका छन् ।

प्रतियोगिताले प्रदेशका १४ जिल्लाका उत्कृष्ट खेलाडीहरूलाई एकै ठाउँमा ल्याएर अनुभव आदान–प्रदान गर्ने,खेलकुदमार्फत आर्थिक गतिविधि बढाउने, र युवा प्रतिभालाई राष्ट्रिय पटकमा प्रस्तुत गर्ने मार्ग प्रशस्त गर्ने आयोजकको अपेक्षा छ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic