प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको जोडीलाई

  • जेठ २७, २०८२
  • ६९४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि संयोग वस्नेत र सगुन कार्कीको जोडीले हात पारेको छ ।

धरान ब्याडमिन्टन ग्रुपद्वारा आयोजना गरिएको सो प्रतियोगिताको उपाधि वस्नेत र कार्कीले हात पारेका हुन् ।

प्रतियोगितमा मेन्स् डबल बि लेभलतर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका संयोग बस्नेत र सगुन कार्कीको जोडी चेम्पियन बनेका थिए । उनीहरुले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल भएका थिए ।

त्यसैगरी प्रतियोगितमा ‘बि’ लेभल मिक्स डबल तर्फको उपाधि अनमोल राई र गीता राईले हात पारेका थिए । धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत आशिष राई र मनिल राईले विजेताको उपाधि हात पार्न सफल भएका थिए ।

मेन्स् डब्बल बि तर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका सम्योग बस्नेत र सुगनु कार्कीको जोडीले गाईघाटका हिमाल श्रेष्ठ र सुशिल तिम्सिनाको जोडीलाई २१÷१६ र २१÷९ को सोझो सेटमा पराजित गरेका थिए ।

GAME NEWS PHOTO उपविजेता हुने हिमाल र सुशीलको जोडिले नगद २७ हजार ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगितामा प्रदीप श्रेष्ठ र जोसेफ ठकुरी तथा गौरव र एन्ड्रेस लिम्बुको जोडी तेस्रो स्थान पाउन सफल भए । उनीहरूले नगद ९÷९ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

त्यसैगरी रेफ्री सिटौलाको अनुसार, मिक्स डबलतर्फ धरानका अनमोल राई र गीता राईको जोडीले १६÷२१, २१÷१७ र २१÷११ को सेटमा जोजो ब्याडमिन्टन एकेडेमीका संदीप राई र मनिषा तामाङको जोडीलाई पराजित गर्न सफल वनेका थिए । उनीहरूले ३० हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

उपविजेता बनेका सन्दीप र मनीषाले नगद १८ हजार सहित मेडल, ट्रफी प्राप्त गरे भने संयुक्त तेस्रो स्थानमा रहेका विशाल थापा, योगिता थापाको जोडी र मनि चाम्लिङ, रोजीको जोडीले नगद ५÷५ हजार पुरस्कार ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत मनिल राई र आशिस राईको जोडीले २१÷११, २१÷१६ र २१÷१२ को सेटमा कर्णदल लिम्बु र जिवन कन्दङ्वालाई पराजित गरे । विजेता आशिष र मनिलले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र हात पारेका थिए ।

उपविजेता जीवन र कर्णदलले नगद १० हजार मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् भने तेस्रो हुने जोडीहरु राम लिम्बु र जीवन लिम्बु तथा सकुल गुरुङ र कुमारको जोडीले नगद ३÷३ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू विशाल तामाङ, विनय चौधरी, भोजबहादुर गुरुङ र महेश खडका समेत उपस्थिति रहेको थियो । उनीहरुको तर्फबाट मैत्रीपूर्ण खेल प्रदर्शन गरिएको थियो ।

पत्रकार राई सम्मानित

सो कार्यक्रममा पत्रकारीताको क्षेत्रमा योगदान पु¥याएको भन्दै रेडियो धरानका सञ्चारकर्मी देबिका राईलाई नगद १० हजार सहित सम्मान गरीएको थियो ।

PATRAKAR SAMMAN FINAL पत्रकार राई रेडीयो धरानमा कार्यरत छिन भने नेपाल पत्रकार महासंघ सुनसरीकी पूर्व कार्यसमिति सदस्य समेत हुन् । राईले सम्मानले पत्रकारीता क्षेत्रमा अघि वढन थप प्रोत्साहन मिलेको प्रतिक्रिया दिएकी छिन् ।

त्यसैगरी मोरङका ब्याडमिन्टन खेलाडी हेम गुरुङलाई पनि सम्मान गरीएको थियो । ब्याडमिन्टन खेल क्षेत्रमा महत्वपूर्ण योगदान गरेको मुल्याङकन गरी गुरुङलाई नगद ५ हजार सहित सम्मान गरीएको कार्यक्रम संयोजक मनि चाम्लिङले वताउनु भयो ।

विजेता, उपविजेता ,सम्मानीत व्यक्तित्वहरुलाई प्रमुख अथिति कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, विशिष्ट अथिति धरान ब्याडमिन्टन क्लबका अध्यक्ष टङ्क लिम्बु तथा प्रतियोगिताका संयोजक मनि चाम्लिङ राई लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो ।

तीन दिने प्रतियोगितमा १२३ टीम ३४२ खेलाडीले सहभागीता जनाएको प्रतियोगिताका संयोजक चाम्लिङ् राईले बताए ।

युवा पुस्तालाई खेल क्षेत्रमा प्रोत्साहन गर्न र खेलाडीहरु भित्र रहेको प्रतिभालाई उजागर गर्नको लागि प्रतियोगिताको आयोजना गरीएको संयोजक राईले वताउनु भयो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic