धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

  • जेठ २७, २०८२
  • २,०१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय खुल्ला बास्केट बल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आयोजक संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागेको छ।

आयोजकले दिएको जानकारी अनुसार असार ५ देखि ८ गतेसम्म धरान स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताएका छन् ।

कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर गरी ८ जिल्लाका १० टिम सहभागी हुने भएका छन् ।

प्रतियोगितामा करिव २० लाख खर्च लाग्ने अनुमान रहेको संघका अध्यक्ष नाराण सुवेदीले जानकारी दिनुभएको छ ।

विजेतालाई नगद २ लाख, उपविजेतालाई नगद १ लाख र सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।

धरानबाट यस अघि सगरमाथा राष्ट्रिय लिग, दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडीले पदक जिताएका छन् भने हाल राष्ट्रिय स्तरका रेफ्री र खेलाडी पनि यहींबाट उत्पादन भएको दावी संघका अध्यक्ष सुवेदीको रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic