सहिद स्मृति मा.वि.का विद्यार्थीहरुद्धारा उद्यमशील योजना प्रस्तुत उत्कृष्ट समूहलाई स्टल सञ्चालनका लागि नगद सहयोग

  • असार ९, २०८२
  • ७२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ जेठः सहिद स्मृति माध्यमिक विद्यालय, धरान–८ को आयोजनामा उद्यमशील सीप विकास कार्यक्रम अन्तर्गत व्यावसायिक योजना निर्माण तथा प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।

सोमबार कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी शिक्षाबाट कामतर्फ कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।

धरान उपमहानगरपालिका र इन्स्योर हेल्भेटास नेपालको सहयोगमा कार्यक्रम संचालन भएको स्कुलका शिक्षक राजन वनले वताउनु भयो ।

SAHID SCHOOL = 2 कार्यक्रममा कक्षा १० मा अध्ययनरत कु देखि ङु सम्मका ५ समूहले आ–आफ्ना व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए। प्रस्तुत योजनाहरूको मूल्याङ्कन निर्णायक मण्डली— शिक्षक टंक भट्टराई, शिक्षक राजन वन र ज्ञानोदय माविका शिक्षक बिक्रम पोखरेलले गर्नुभएको थियो।

कार्यक्रममा समूह क, ख र ङ उत्कृष्ट योजना प्रस्तुत गर्ने समूहमा छनोट भएको संयोजक टंक भट्टराईले वताउनु भयो ।

हरेक समूहलाई व्यवसायिक अवधारणालाई व्यवहारमा उतार्नका लागि जनही ७÷७ हजार रूपैयाँ प्रदान गरिने छ ।

छनोटमा परेका समूहहरूले मंगलबार उक्त रकम प्रयोग गरी विद्यालय परिसरमा सञ्चालन गरिने खाद्य स्टलका लागि आवश्यक कच्चा पदार्थ खरिद गर्ने र स्टल तयारी गर्ने जनाइएको छ। बुधवार र बिहीबार गरी दुई दिन ती स्टलहरू सञ्चालन गरिने छन्।

विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शिक्षासँगै व्यवसायिक सोच र सीपमा अभ्यस्त गराई आत्मनिर्भर र स्वावलम्बी बनाउनु हो।

कार्यक्रममा प्रमुख अतिथि धरान–८ का वडा सदस्य देवी लामा पाख्रिन रहनुभएको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic